☰ open Loading... 19 April 2024|  

वृद्धवृद्धाहरुलाई आश्रममै पुगेर चेकजाँच
  | १६ पुष २०७५, सोमबार १८:१५

दैलेख । शनिवारको दिन जेष्ठ नागरिकहरु दैलेख सदरमुकामस्थित सरस्वती मन्दिर वृद्धा आश्रममा सत्सग तथा भजन कृतनका लागि आउने वृद्धावृद्धहरु आश्रममै आफ्नो स्वास्थ्य चेकजाँच पनि गर्ने गरेका छन् । नारायण नगरपालिकाका ८० वर्षिया लक्ष्मी थापा धार्मीक सत्सगपछि आफुले स्वास्थ्य जाँच गरिन् ।

आश्रममै आफुहरुको स्वास्थ्य जाँच विशेषज्ञबाट हुँदा उनी निकै खुसी छिन् ।

उनले आफुसंगै वरपरका सवै वृद्धवृद्धाहरुलाई स्वास्थ्यजाँचको लागि आउन अपिल गर्ने गरेकी छिन् ।

त्यस्तै ८१ वर्षिय चन्दलाल न्यौपाने पनि आफ्नो स्वास्थ्यअवस्थाबारे जाँच गर्न पाउँदा निकै खुसी छन् ।

आफुजस्ता वृद्धवृद्धाहरुको स्वास्थ्य जाँचका लागि डाक्टरहरुले सेवाभाव देखाएर आएको उनले धन्यवाद ज्ञापन गरे ।

प्रत्येक महिलाको एक दिन शनिवार डाक्टर आश्रममै आएर स्वास्थ्य जाँच गर्न थालेपछि दैलेख वृद्धवृद्धाहरु खुसी छन् ।

दैलेख जिल्ला अस्पतालका प्रमुख डा. निराजन पन्तले प्रत्येक महिनाको एक पटक विदाको दिनमा सरस्वती मन्दिर वृद्धा आश्रममै पुगेर वृद्धवृद्धाहरुको चेकजाँच गर्छन् ।

अस्पतालबाट स्वास्थ्यकर्मीहरुको टोली लिएर उनले आश्रममै चेकजाँच गर्ने गरेका हुन् ।

विदाको दिन केही समय वृद्धावृद्धहरुको स्वास्थ्य अवस्था चेकजाँचका लागि आफुले स्वास्थ्यकर्मीको टिम लिएर जाने गरेको जिल्ला अस्पताल दैलेखका प्रमुख डा. निराजन पन्तले बताए । ‘उहाँहरुको सेवाहरुको लागि महिनामा एक दिन स्वास्थ्य जाँच गर्ने गरेको छु ।’ डा. पन्तीले भने, उहाँको सेवा गर्न पाएको खुसी लागेको छ ।’

उनका अनुसार पेसर बढेका, दम, हातजोर्नी दुखाई, उच्च रक्ताचाप लगायतका समस्या वृद्धवृद्धाहरुमा देखीने गरेको छ । डाक्टर पन्तले वृद्धवृद्धाहरुका लागि उदारणीय काम गरेको सरस्वती मन्दिर आश्रम ब्यवस्थापन समितिका अध्यक्ष सरस्वती श्रेष्ठले बताईन् । धेरै वृद्धावृद्धहरु स्वास्थ्य सेवा पाएपछि प्रत्यक्ष रुपमा प्रभावित भएको अध्यक्ष श्रेष्ठको भनाई छ ।

गत महिना ६९ जना र यो महिना ६० जनाले आफ्नो स्वास्थ्य जाँच गरेका छन् । अहिले विशेषज्ञ डाक्टर पन्तले वृद्धवृद्धाहरुको चेकजाँचपछि उहाँहरु निकै खुसी भएको ब्यवस्थापन समितिको कोषाध्यक्ष मेनका गौतमले बताईन् ।