☰ open Loading... 26 April 2024|  

लाइसेन्स लिएको दशक बित्याे, किन शुरू भएन चौकुने सिमेन्ट आयोजनाको काम ?
  | २० पुष २०७५, शुक्रबार १७:३७

सुर्खेत । इजाजत अनुमतिपत्र पाएको एक दशकसम्म चुनढुंगा उत्खनन् कार्य शुरु गर्न नसक्दा चौकुने सिमेन्ट आयोजनाको भविष्य अन्यौलमा परेको छ । पश्चिम सुर्खेतको चौकुने क्षेत्रका चुनढुंगा उत्खनन गरी गुटुमा सिमेन्ट कारखाना सञ्चालन गर्ने उद्देश्यले इजाजत लिएको मुक्तिश्री सिमेन्ट इण्डस्ट्रिज प्रालिले अझैं आयोजना अघि बढाउन सकेको छैन् । दुई वर्षदेखि कम्पनीका कर्मचारीहरु आयोजनास्थलमा छैनन् ।

गुटुदेखि चौकुने डा“डासम्म सडक निर्माण गरी कम्पनीले ०७३ पुस २८ गते नमुनाका रुपमा चुनढुंगा उत्खनन थालेको थियो । कम्पनीले काम अघि नबढाएर पटक–पटक म्याद मात्र थप्दै आएको भन्दै स्थानीयबासी आक्रोशित छन् । चौकुने खानी क्षेत्र सरोकार समितिका संयोजक रामलाल बयकले कम्पनीकै आग्रहले जग्गा खरिद–बिक्री रोकेको गुनासो पोखे ।

‘अधिग्रहण हुने भएपछि जग्गा किनबेच रोक्यौंं’ उनले भने, ‘छनौट गरेको दुई वर्ष बितिसक्यो,उल्टै कर्मचारीले नै फिल्ड छाडे ।’ चुनढुंगा उत्खनन कार्य शुरु नहुँदा त्यस क्षेत्रका बासिन्दा कम्पनीले ‘खानी होल्ड’ गरेको आरोप लगाउँछन् । अर्का स्थानीय कर्णबहादुर बयकले कानुनी आधार देखाएर कम्पनीले सिंगो खानी क्षेत्र कब्जा गरेको बताए ।

कम्पनीले विद्युतको समस्या देखाउँदै आयोजना सञ्चालन गर्न नसकेको जनाएको छ । सिमेन्ट कारखाना सञ्चालनका लागि करिब १४ मेगावाट विद्युत आवश्यक पर्ने कम्पनीको दाबी छ । सम्झौतामा आयोजनाका लागि आवश्यक शान्ति सुरक्षा, खानी क्षेत्रसम्म सडकको पहु“च र विद्युत सरकारले उपलब्ध गराउनुपर्ने उल्लेख छ ।

कम्पनीका परियोजना संयोजक लोकबहादुर अधिकारीले ‘खानी होल्ड’ मै राख्ने कुनै मनसाय नभएको बताए । ‘यस्तै आरोप लाग्न थालेपछि कम्पनीले आफ्नै लगानीमा सडक बनायो,’ उनले भने, ‘सडक त बनायौं, विद्युत त हाम्रो सार्मथ्यमा छैन् ।’

पछिल्ला दुई वर्ष खानी विभागले लाइसेन्स नवीकरण नगर्दा झन् ढिलाइ हुन पुगेको कम्पनीको स्वीकारोक्ति छ । लाइसेन्स नवीकरण नगर्दा अदालत गुर्हानुपरेको परियोजना संयोजक अधिकारीको भनाई छ । पाटन उच्च अदालतको आदेशपछि खानी विभागले मुक्तिश्रीको लाइसेन्स नवीकरण गरेको थियो ।

‘विद्युतको समस्या छँदै थियो, खानी विभागले लाइसेन्स नवीकरण नगर्दा अदालत जानुप¥यो’ उनले भने । सम्झौताको एक दशकसम्म ‘प्रगति’ शुन्य देखिएपछि विभागले लाइसेन्स रद्द गरेको थियो । कम्पनीले यस अघि सशस्त्र द्वन्द्व लगायत विभिन्न समस्या दर्शाउँदै उद्योग सञ्चालनमा बेवास्ता गर्दै आएको थियो ।

खानी क्षेत्र चौकुने गाउ“पालिका अन्तर्गत चौकुने, कुवा, खोप्री, थरेलगाउ“, काफलगैरा र ओटपोखरीमा गरी ११ हजार रोपनी क्षेत्रफलमा फैलिएको छ । आयोजनाका लागि कम्तीमा १३ सय ८० रोपनी जग्गा अधिग्रहण गर्नुपर्नेछ । कम्पनीले जग्गा भाडामा लिने आवश्वासन दिएपनि प्रक्रिया अघि बढाएको छैन् ।

खानी विभागले ०३५ देखि ०३९ सालसम्म यहा“को चुनढुंगा परिक्षण गरेर सिमेन्ट उत्पादन गर्न योग्य प्रमाणित गरेको थियो । कारखानाका सञ्चालनका लागि करिब ८ अर्ब लागत अनुमान छ । मुक्तिश्रीले दैनिक १५ सयदेखि पा“च हजार टन सिमेन्ट गर्ने लक्ष्य लिएको छ । निर्माण सुरु भएमा लागत, उत्पादन र क्षेत्रफलका हिसाबले चौकुनेलाई मुलुककै ठूलो सिमेन्ट कारखानाको रुपमा दाबी गरिएको छ ।