☰ open Loading... 18 April 2024|  

भारतमा सुन र हिरा चाेर्ने दम्पत्ती सुर्खेतमा पक्राउ
  | २४ पुष २०७५, मंगलवार १८:१६

सुर्खेत ।भारतबाट चोरी गरेर ल्याएको तीन किलो सुन र हिरासहित एक दम्पत्तीलाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ । पौष ११ गते भारतको बेङ्गलोरबाट चोरी गरेर ल्याएको सुन र हिरासहित ४७ वर्षका मंगल शाही र उनकी श्रीमती शौभाग्य शाहीलाई प्रहरीले पक्राउ गरेको हो ।

कालिकोट जिल्ला नरहरिनाथ गाउँपालिका–९ गडेगाउँ स्थायी ठेगाना भएका मंगललाई कालिकोटबाट र शौभाग्यलाई वीरेन्द्रनगरबाट पक्राउ गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालयका डिआईजी महेशविक्रम शाहले जानकारी दिए ।

उहाँले बेङ्गलोरबाट प्रहरी सुर्खेत आएर खोजी दिन आग्रह गरेपछि दम्पत्तीलाई नेपाल प्रहरीले पक्राउ गरेको बताए । पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको छ ।

बेङ्गलोरको एक घरमा काम गर्न बसेका उनीहरुले घर फोडेर भागेको जानकारी सुर्खेत आएका भारती प्रहरीले दिएको डिआईजी शाहको भनाई छ । भारती प्रहरीले बेङ्गलोरमा चोरी भएका घर मालिकको पहिचान नखुलाएको उनले बताए ।