☰ open Loading... 30 November 2024|  

मल्लको निलम्बन यथावत, रजिष्ट्रारमा कार्कीले पाए जिम्मेवारी
  | २५ पुष २०७५, बुधबार १३:३३

सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयका रजिष्ट्रार डा. महेन्द्रकुमार मल्ललाई गरिएको निलम्बन यथावत रहने भएको छ । सर्वोच्च अदालतले उनका मुद्दामाथि अन्तरिम आदेश जारी नगर्ने फैसला गरेसंगै उनीमाथि निलम्बनका निर्णय कायम रहने भएको हो ।

मप विश्वविद्यालयकाे रजिष्टारमा नियुक्त भएका कार्की ।

उपकुलपति प्रा.डा. उपेन्द्रकुमार कोइरालाको सिफारिसमा विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले रजिष्ट्रार मल्लमाथि गत मंसिर २० गते छानविन समिति गठन गरेपछि उनी स्वतः निलम्बनमा परेका थिए । निलम्बनको निर्णय भएपछि मल्ल सवोच्च पुगेका हुन् ।

गैरकानुनी रुपमा आफूलाई निलम्बनको निर्णय गरिएको भन्दै मल्लले अदालत गुहारेपछि सर्वोच्चले गत मंसिरमा निलम्बन नगर्न अन्तरिम आदेश दिएको थियो ।

सर्वोच्च अदालतका न्यायाधीस डम्बरबहादुर शाहीको एकल इजलासले अन्तरिम आदेश जारी गर्दै निलम्बनको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको थियो । सर्वोच्चको आदशेपछि मल्ल पुनः काममा फर्किएको थिए ।

तर मंगलबार न्यायाधीसद्वय हरिकृष्ण कार्की र पुरुषोत्तम भण्डाीको संयुक्त इजलासले अन्तरिम आदेश जारी सम्बन्धमा अर्को आदेश दिएको हो । जसमा उक्त मुद्दाविश्वविद्यालय ऐन अनुसार नै अघि बढ्ने जनाएको छ ।

ऐन अनुसार निलम्बनमा परेका मल्लले अब काम गर्न पाउने छैनन् र उनीमाथिको छनविन कार्य अवरुद्ध नहुने कानुन व्यवसायीहरु बताउँछन् । सर्वोच्चको आदेशसंगै मल्लको निलम्बनपछि नियुक्त गरिएका सह–प्रध्यापक यामबहादुर कार्की नै रजिष्ट्रारको जिम्मेवारीमा रहनेछन् ।