☰ open Loading... 26 April 2024|  

माघे सकरातीमा कर्णाली सरकारले सार्वजनिक विदा दिने
  | २५ पुष २०७५, बुधबार १९:१७

सुर्खेत । कर्णाली प्रदेशमा बसोबास गर्ने मगरहरुको माघे सकराती र थारुहरुको माघी पर्वमा सरकारले सार्वजनिक विदा दिने भएको छ । नेपाल मगर संघ सुर्खेतले आयोजना गरेको “माघे सकराती मेला २०७५” को उद्घाटन समारोहमा बोल्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले माघे सकराती र माघी पर्वमा सार्वजनिक विदा दिने घोषणा गरेका हुन् ।


यो चाडलाई सबै नेपालीहरुले अनुसरण गरिसकेका कारण पनि विदा जरुरी रहेको बताएका मुख्यमन्त्री शाहीले भने, ‘नेपालमा बहुसाँस्कृतिक, बहुधार्मिक र मौलिकतालाई सम्मान गर्नका लागि विदा दिन लागेका हौं ।’ कुनै पनि चाडपर्वहरु विदा अर्थात सार्वजनिक विदालाई श्रमको रुपमा उपयोग गर्न आग्रह समेत शाहीको छ । समृद्धि नेपालीका लागि सबैलाई श्रम गर्न जरुरी रहेको उनको भनाई थियो । मगर जाति, इतिहास र अवस्थाका सोधखोज कर्ता एवम् पूर्व श्रममन्त्री माथवरसिं थापामगरले धर्मलाई अफिमसँग तुलना गर्ने कम्न्युनिष्टहरु ढोङी भएको वर्तमान प्रधानमन्त्रीले देखाएको आरोप लगाए । जनजातिहरुको मौलिक चाडपर्वको विदा कटौती गरेर सरकारले सामाजिक विभेदे गरेकोमा आक्रोश पोख्दै थापाले जनजातिहरुलाई आरक्षणको नाममा झन विभेद गरेकोमा दुखेसो पोखे । नेपाल मगर संघका केन्द्रिय अध्यक्ष एवम् आदिवासी जनजाति महासंघका प्रव्रत्ता समेत रहेका नविन रोकामगरले कुनै पनि समुदायलाई पन्छाएर समृद्धिको विकास नहुने बताए । समृद्धिको विकासका लागि सबै समुदायको समान पहँुच वद्धि विकास हुनु पर्नेमा जोड दिँदै रोकाले समान पहूँचका लागि सरकारले प्रसस्त अवसरको सृजना गर्नुपर्नेमा जोड दिए । यस्तै वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले साँस्कृतिक संरक्षण र सर्मद्धनका लागि आफू जहिले पनि लागि पर्नेमा जोड दिए । कर्णाली प्रदेशका अध्यक्ष आशुराम सोमैमगरले स्वागत गरेका थिए । बुधबारदेखी शुरु भएको माघे सकराती मेला आगामी माघ १ गतेसम्म सञ्चालन हुनेछ । मगर समुदायको पहिचान झल्कने झाँकीसहित मंगलगढीबाट शुरु भएको ¥याली कवर्डमा पुगेको थियो । मगर समुदायका रितिरिवाज र संस्कृतीलाई उजागर गर्न मेलाको आयोजना गरिएको नेपाल मगर संघ सुर्खेतका अध्यक्ष डिलबहादुर बंशीमगरले जानकारी दिए । मेलामा राष्ट्रिय र स्थानीय कलाकारहरुको प्रस्तुती तथा प्रतियोगिता समेत सञ्चालन गरिने छ ।