दैलेख । जिल्लाकाे भैरबी गाउँपालिकाले अघि सारेको सामुदायिक ग्रामीण विद्युतिकरण साझेदारी कार्यक्रमलाई नेपाल विद्युत प्राधिकरण काठमाडौंले स्वीकृत गरेको छ ।
उक्त कार्यक्रम स्वीकृत भएसङ्गै चालू आर्थिक वर्ष २०७५/०७६ मा भैरबी गाउँपालिकामा रु १० कराेेड ३१ लाख ४७ हजार ९ सय ३१ बराबरको विद्युतिकरण कार्य सम्पन्न हुने भएको हाे ।
नेपाल बिधुत प्राधिकरण सामुदायिक ग्रामीण बिधुतिकरण नियमावली २०७१ मा कुनैपनी स्थानीय तहले बिधुतिकरणका लागि १० प्रतिशत रकम बिनियोजन सहित आबश्यक अन्य प्रक्रिया समेत पूरा गरि माग राखेमा बाकी ९० प्रतिशत रकम नेपाल सरकारले अनुदान स्वरुप उपलब्ध गराउने उल्लेख छ । यसै अनुरुप भैरबी गाउँपालिकाको तर्फबाट बिनियोजित रु १ करोड ३ लाख १४ हजार ७ सय ९३ र नेपाल सरकारको तर्फबाट प्राप्त रकमसहित गरि जम्म १० करोड ३१ लाख ४७ हजार ९ सय ३१ को लगानिमा उक्त गाउँपालिकामा बिधुतिकरणको कार्यक्रम अगाडी बढाइने गाउँपालिका अध्यक्ष प्रेमबहादुर बुढाले जानकारी दिनुभयो ।
सो कार्यक्रम स्वीकृत हुनेमा नेपालका ७ सय ५३ स्थानीय तहमध्य भैरबी गाउँपालिका पहिलो रहेको पनि उहाले बताउनु भयो । यसरी आबश्यक प्रक्रिया पूरा गरि पहिलो पटक कार्यक्रम स्वीकृत गराइ बिधुतिकरणको काम अगाडी बढाएकोमा खुसी व्यक्त गर्दै सामुदायिक बिधुत उपभोक्ता महासँघका अध्यक्ष नारायण ज्ञवालिले मापदण्ड पूरा गरि आएमा अन्य स्थानीय तहहरुले पनि यो सुबिधा प्राप्त गर्न सक्ने बताउनु भयो ।
साथै भैरबी गाउँपालिकाबाट सुरु भएको यो कार्यक्रमले उज्यालो दैलेख अभियानको समेत सुरु भएको आफुले महशुस गरेको पनि उहाले बताउनु भयो । यसअघि गत पौष १८ गते बसेको भैरबी गाउँकार्यपालिकाको बैठकले सो कार्यक्रम संचालन गर्नका लागि गाउँपालिकाको तर्फबाट रु १ करोड रकम बिनियोजन गर्ने निर्णय सहित गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर बुढाको अध्यक्षतामा ११ सदस्यीय बिधुत बितरक कार्यसमिति गठन गरेको थियो ।