सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले बहुमुल्य पत्थरसहित ५ जनालाई पक्राउ गरेको छ । शुक्ररबार विहान १ बजे वीरेन्द्रनगर नगरपालिका १ बाँङगेसिमल चेक प्वाइन्ट नजिकैबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका ४ बस्ने ४० बर्षीय भिमबहादुर सुनार, वीरेन्द्रनगर ५ बस्ने ३० बर्षका नविन कंडेल, वीरेन्द्रनगर ८ का २८ बर्षीय सुरेन्द्र शाही, बराहताल गाउँपालिका ८ का २६ बर्षीय भक्तबहादुर पाण्डे र सोही ठाउँका ३२ बर्षीय तेजेन्द्र बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतमा प्रवक्ता एवम् डिएसपी प्रदिपबहादुर क्षेत्रीले जानकारी दिए ।
विशेष सुचनाको आधारमा प्रहरी सहायक निरिक्षक बिजय पुनको कमाण्डमा गएको ६ जना प्रहरीको टोलीले चेक प्वाइन्टभन्दा ५ सय मिटर अगाडि कालिकोटबाट सुर्खेत आउँदै गरको बा १९ च ३५७२ नम्बरको स्कार्पीयो गाडीमा चेकजाँच गर्दा झण्डै १२ किलो बराबरको बहुमुल्य ढुङ्गा बरामद गरिएको छ । गाडी सहित उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान कार्य भैरहेको प्रहरीले जनाएको छ ।