☰ open Loading... 15 November 2024|  

हिडेरै मन्त्रालय किन जान्छिन् मन्त्री विमला केसी ?
  | ४ माघ २०७५, शुक्रबार १८:२६

सुर्खेत । कर्णाली प्रदेशकी भूमिव्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसी सरकारी आवासबाट पैदलै मन्त्रालय पुग्छिन् । पछिपछि अंगरक्षक र अघिअघि मन्त्री केसी हिँडेको देख्न सकिन्छ । मन्त्री केसी मर्निङ्ग वाक या इभिनिङ वाक गर्न भने निस्किएकी होइनन् । मन्त्रीले प्रयोग गर्ने गाडी अहिले रुकुमको चौरजहारीमा छ ।

मन्त्रीले अरू कसैलाई गाडी प्रयोग गर्न दिएको पनि होइन् । मन्त्री केसी चौरजहारी जाँदा बाटोमा नै बिग्रिएपछि अहिले मन्त्री पैदल यात्रा गर्न बाध्य छिन् । चौरजहारीमा उनी चढ्ने गाडी विग्रीएपछि केसी भाडाका र अन्य सरकारी कार्यालयका मोटर मागेर सुर्खेत आइपुगिन् । अहिले निवासबाट मन्त्रालयसम्म र मन्त्रालयबाट निवास सम्म पैदल हिँडेर पुग्ने गरेकी छन् ।


‘मन्त्रीज्यू चढ्ने मोटर अहिले रुकुम पश्चिमको चौरजहारीमा थन्किएको छ, मर्मतका लागि समान पठाइएको छ ।’ केसीका स्वकीय सचिववलयका सदस्य दीपेन्द्र शर्माले भने ।

केसीको भूमिव्यवस्था कृषि तथा सहकारी मन्त्रालयले अहिले एक करोड १५ लाख मोटर किन्न्को लागि बजेट छुट्टाएको छ । जसको लागि बोलपत्र आव्हान पनि भइसकेको छ । मन्त्रालयले मन्त्रीको प्रयोजनका लागि भने मोटरको बोलपत्र भने खुलाएको हैन् । प्रदेशको मन्त्रालय मातहतमा रहेका चारवटा जिल्लाका लागि भनेर चारवटा मोटरका लागि बोलपत्र खुलाएको हो ।

कर्णाली प्रदेश सरकारले सवारी साधन खरिदसम्बन्धी कार्य्विधिमा मन्त्रीले ७० लाख सम्म र सचिवले ५० लाख सम्मको मोटर किन्न सकिने प्रावधान बनाएको छ। अहिले एक करोड १५ लाख बजेटमा चार वटा मोटरका लागि बोलपत्र आव्हान भएको छ । सडक सञ्जाल भएका चारवटा अन्य जिल्लाका प्रदेश माताहातका कृषि ज्ञान केन्द्र र पशु सेवा कार्यालयको लागि ति चार मोटरका लागि बोलपत्र खुलाइएको हो ।

प्रदेश सरकार गठनताका संघीय सरकारबाट पठाएको गाडी प्रदेशको कृषि निर्देशनालयलाई दिएको छ । मन्त्रीका लागि भनेर संघिय कृषि मन्त्रालयबाट मगाइएको मोटर अहिले मन्त्री चढ्दै आएकी छन् ।

त्यो पनि बिग्रिएर अहिले रुकुम पश्चिमको चौरजहारीमा थन्किएको हो । कृषि मन्त्रीका स्वकीय सचिवालयका सदस्य शर्माले भने ‘संघीय मन्त्रालयबाट पठाएको मोटर पनि पुरानो रहेछ, पटक पटक बिग्रिएर हैरान बनाएको छ ।’ खासमा संघिय सरकारले पठाएको र अहिले कृषि निर्देशनालयलाई दिईएको मोटर पनि पुरानो भएर दुःख दिइरहेको थियो ।

पछिल्लोपटक माग गरिएको मोटर पनि पुरानो र थोत्रो नै भएको मन्त्रीको स्वकीय सचिवालय सदस्य शर्माले बताए । मन्त्री केसीले भने जिल्लाका प्रदेश माताहातका कार्यालयलाई काम गर्न सजिलो होस भनेर आफूलाई नभई जिल्लालाई मोटर किन्न लागेको जानकारी दिइन् । उनले भनिन्, ‘आफूले चढ्नेभन्दा पनि जिल्लामा रहेका कार्यालयको कार्यसम्पादन राम्रो होस भनेर जिल्लाको लागि मोटर किन्न टेण्डर प्रक्रिया अघि बढाइएको छ, मेरो लागि पुरानै भए पनि चलिहाल्ला त भनेको बिग्रेर हैरान बनाएको छ ।’