☰ open Loading... 19 April 2024|  

नेकपा सरकार निकम्मा : जनमाेर्चा
  | १९ माघ २०७५, शनिबार २०:५२

सुर्खेत । नेकपाको सरकार निकम्मा साबित भएको छ राष्ट्रिय जनमोर्चाका नेता चन्द्रबहादुर केसीले बताएकाछन् । शनिबार राष्ट्रिय जनमोर्चा सुर्खेतले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै नेता केसीले नेकपाको सरकारका राम्रा कामहरूको समर्थन गर्ने तर पछिल्लो समय देशमा हत्या, हिंसा, बलात्कार बढेर गैरहँदासम्म पनि सरकार उदासीन भैरहेको प्रति आक्रोश ब्यक्त गरेकाछन् ।

‘नेकपाको सरकार निकम्मा साबित भएको छ’ के.सी.ले भने– ‘अहिले देशमा पछिल्लो घटनाक्रमहरुको अध्ययन गर्दा प्रतिगमनको खतरा बढेर गैरहेकोले प्राप्त उपलब्धिहरुको रक्षा गर्नका लागि राष्ट्रिय जनमोर्चा आन्दोलनमा उत्रेको हो ।’ नेता के.सी.ले आन्दोलनमा सहभागी हुन समग्र देशभक्त जनतान्त्रिक शक्तिहरुलाई आव्हान समेत गरेका छन् ।

संघीयता, राष्ट्रिय बिखण्डन र प्रतिगमनका खतराको विरुद्ध संघर्षको आव्ह्वान गर्र्दै देशव्यापीरुपमा शनिबार विरोध सभा सम्पन्न गरेको छ । देशव्यापरुपमा संचालन भएको विरोध सभाको कार्यक्रम अन्र्तगत राष्ट्रिय जनमोर्चा सुर्खेतले वीरेँ जितपुरमा सम्पन्न भएको हो ।

बिरोध सभामा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य रत्न विक्रम राना प्याशीले संघीयताकाकारण अनियन्त्रितरुपमा कर वृद्धि हुँदा जनता चर्काे महँगीको मारमा परेको बताए । प्याशीले एकातिर जनता महँगीको मारमा परेर कँगाल जस्तै भएका छन्अर्काे तर्फ भ्रष्टचारमा सरकारकै संग्लग्नता रहेकाले जनताको भविष्य अन्धकार भएको बताए ।

विरोध सभामा राष्ट्रिय जनमोर्चा कर्णाली प्रदेश समितिका कोषाध्यक्ष धनप्रसाद देवकोटा,, नेकपा मसालका प्रवक्ता मोहन थापा,अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक)का केन्द्रीय सदस्य हिरा विक., अखिल (छैंठौं)का केस हरि बुढा लगायतका विभिन्न जनवर्गीय संगठनका नेतातथा कार्यकर्ताहरुले सभालाई सम्बोधन गरेका थिए ।