☰ open Loading... 23 February 2025|  

बाँके र बर्दियालाई कर्णालीमा मिलाउनु पर्छ : थानी
  | २२ माघ २०७५, मंगलवार १८:३१

सुर्खेत । नेपाली काँग्रेसका केन्द्रीय सदस्य हृदयराम थानीले बाँके र बर्दियालाई कर्णाली प्रदेशमा समेट्ने अभियान थाल्नु पर्ने बताएका छन् । नेपाली काँग्रेस सुर्खेतले सोमबार वीरेन्द्रनगरमा आयोजना गरेको सुर्खेत उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्य समितिलाई बधाइ कार्यक्रममा केन्द्रीय सदस्य थानीले यस्तो बताएका हुन् ।


बाँके र बर्दिया जिल्लालाई कर्णाली प्रदेशमा समेट्दा छिमेकी मुलुक भारत र चीनसंग सम्पर्क बढ्ने भन्दै यसले कर्णालीको आर्थिक बिकासमा टेवा पु¥याउने उनले बताए । प्रदेश नम्बर ५ को राजधानी विवादका कारण बाँके बर्दिया कर्णाली प्रदेशमा आकर्षित भएको भन्दै यसका लागि प्रदेश सरकारले पहल गर्नु पर्ने बताए ।

‘अहिले बाँके बर्दियाका सबै पार्टीका नेताहरु र उद्योगी व्यवसायीहरुको नेतृत्व पनि कर्णालीमा समेटिन चाहन्छ’ उनले भने, ‘यसका लागि सरकारले वातावरण बनाउनु पर्दछ ।’

मुलुकको अर्थतन्त्रमा उद्योगी व्यापारीको ठुलो योगदान रहेको भन्दै केन्द्रीय सदस्य थानीले वर्तमान सरकार उद्योगी व्यापारीहरुलाई विभिन्न बहानमाकरको भारी बोकाउन उद्यत रहेको बताए । उनले उद्योगी व्यवसायीहको हकहितका लागि लड्न नवनिर्वाति कार्य समिति सक्षम हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य शिवराज जोशी, नेपाली काँग्रेस सुर्खेतका सचिव भुपेन्द्र खत्री, सुर्खेत उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष टेकबहादुर भण्डारी लगायतले बोलेका थिए । झण्डै एक महिना अघि भएको उद्योग वाणिज्य संघको निर्वाचन पछि काँगे्रस निकट व्यवसायीहरु निर्वाचित भए पछि काँग्रेसले बधाइ कार्यक्रम आयोजना गरेको हो ।