☰ open Loading... 29 March 2024|  

कित्ताकाट रोकेकोमा स्थानीय असन्तुष्ट
  | २ फाल्गुन २०७५, बिहीबार १८:२४

राजधानीकाे शहरलार्इ व्यवस्थित बनाउन जग्गाको कित्ताकाट र घर नक्सा रोक्केका हाैं : नगरपालिका

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले नगर क्षेत्रमा गुरुयोजना तयार नहुँदासम्म जग्गाको कित्ताकाट र घर नक्सा रोक्का गरेकोमा स्थानीयले विरोध जनाएका छन् । पूर्व जानकारीविनै नगरपालिकाले एक पक्षिय रुपमा जग्गाको कित्ताकाट र घर नक्सा रोक्का गरेकोमा विज्ञप्ती जारी गर्दै विरोध जनाएका हुन् ।


नगरपालिका भित्र अव्यवस्थित रुपमा जग्गा खण्डिकरण हुँदा चसो नदेखाउने तर एक्काशी रोक्का गर्दा स्थानीयले पाउनु पर्ने अधिकारमा अंकुश लगाएको आरोप जारी विज्ञप्तीमा उल्लेख छ ।

विज्ञप्तीमा भनिएको छ, ‘संघिय भुमी व्यवस्था तथा गरिबी निवारण मन्त्रालयबाट पाएको अधिकारलाई निरंकुश तरिकाले जग्गा अधिकरण गरी व्यक्तिगत फाइदा लिने उदेश्यले सर्वसाधरणको मौलिक हनन गर्ने प्रयास गरिएको छ ।’

संघिय भुमी व्यवस्था तथा गरिबी निवारण मन्त्रालययले प्रत्येक स्थानिय तहलाइ निर्धारित मापदण्ड र मौजुदा भु—उपयोगको अवस्था बारे कृषि क्षेत्र र गैर कृषि क्षेत्रमा जग्गाको वर्गीकरण गर्नुपन निर्देशन दिएको थियो । तर नगपालिकाले त्यहीँ निर्देशन अनुसार वीरेन्द्रनगरमा जग्गाको कित्ताकाट र घर नक्सा रोक्का गरेको हो ।

स्थानीयहरुले जिल्ला प्रशासन कार्यालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, नगरपालिका लगायतका सरोकारवाला निकायहरुमा बिहिबार ज्ञापन पत्र बुझाएको छ । विज्ञप्तीमा जति सक्दो चाँडो भुमी वर्गीकरण गरी भुमी व्यवस्थापनको गुरु योजना तयार पार्न अनुरोध पनि गरिएको छ ।

यता, वीरेन्द्रनगर नगरपालिकाका उप–प्रमुख मोहनमाया ढकालले वीरेन्द्रनगर प्रदेशको राजधानी भएकाले व्यवस्थित शहरका रुपमा विकास गर्न रोक्का गरिएको जानकारी दिइन् । उनले प्रारम्भिक छलफलको काम शुरु भएकाले तत्कालका लागि जग्गाको कित्ताकाट र घर नक्सा रोक्का फुकुवा नहुने बताईन् ।

‘जनताको हितकै लागि व्यवस्थित शहरका रुपमा विकास गर्ने ध्येय नगरपालिकाका हो’ ढकालले भनिन्, ‘केही महिनाभित्रै नगरपालिकालाई कस्तो रुपमा विकास गर्ने भन्ने विषयमा निष्कर्ष निकाल्ने तयारीमा हामी जुटेका छाैं ।’