☰ open Loading... 14 November 2024|  

कलाकार विष्टद्वारा मृगौला पीडितलाई सहयोग
  | १० फाल्गुन २०७५, शुक्रबार १९:२६

सुर्खेत । सुर्खेती कलाकार तथा सर्जक हरी विष्टले मृगौला पीडितलाई आर्थिक सहयोग गरेका छनु । दुवै मृगौला फेल भएर उपचारार्थ रहेका ललितबहादुर रानालाई कलाकार विष्टले आर्थिक सहयोग गरेका हुन् ।

वीरेन्द्रनगर–४ का राना दुवै मृगौला फेल भएपछि कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचार गराइरहेका छन् । आर्थिक रुपमा कमजोर रहेका रानालाई उपचारमा सहयोग पुगोस् भन्ने हेतुले २५ हजार एकसय रुपैयाँ नगद हस्तान्तरण गरेको कलाकार विष्टले जानकारी दिए । विष्टले अस्पतालमै पुगेर रानालाई नगद हस्तान्तरण गरेका थिए ।

रकम बुझेपछि रानाका छाेरा सुदिपले आफ्नो आर्थिक अभाव कमजोर भएकै कारण उपचारका लागि पाएको रकमले थप सहयोग पुगेको बताए । उनले सर्जक तथा कलाकार बिष्ट धन्यवाद समेत दिएका थिए ।

‘अहिलेको जमानामा पनि दुःखी गरिबलाई सहयोग गर्ने कोहि न कोहि जिंउदो भगवान हुंदो रहेछ’ सुदिपले भने । सामाजिक अगुवा विष्ट तरूण दल सुर्खेतका अध्यक्ष समेत हुन् ।