☰ open Loading... 26 April 2024|  

कर्णाली महोत्सवमा शनिवार गायक प्रमोद खरेल आउँदै
  | १० फाल्गुन २०७५, शुक्रबार १९:३९

सुर्खेत । गत शनिवार देखि कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगरमा जारी कर्णाली महोत्सव २०७५ मा भाेली शनिवार चर्चित आधुनिक गायक प्रमोद खरेल आउने भएका छन । पछिल्लो समय युवा पुस्ताका लागी अत्यन्तै रुचाईएका आधुनिक गायक खरेलको प्रस्तुति रहने आयोजक सुर्खेत चेम्बर अफ कमर्सका अध्यक्ष चिन्तामणि शर्माले जानकारी दिए ।

फायल तस्वीर ।

कर्णाली महोत्सवमा दिनदिनै दर्शकहरुको चाप बढेको आयोजकको दाबी छ । अघिल्ला दिनका तुलनामा शुक्रवार दर्शकहरुको उत्साहजनक सहभागिता रहेको थियो ।

शनिवार भएकाले पनि अहिलेसम्मकै धेरै दर्शकहरुले मेलाको अवलोकन गर्ने आयोजकको भनाई छ । गायक खरेलको उपस्थितिले पनि धेरै दर्शकलाई आर्कषण गर्ने आयोजकको अनुमान छ ।

गायक खरेलका म विना कसै कसै लाई मुस्किल छ पोखरामा, हङ्गगांमा भो, झुमा झुम्का वाली, बाँसैको चोयाले, जस्ता गितहरु च्र्चित छन । शनिवार आज नै चर्चित लोक गायक चन्द्र शर्मा पनि आउने भएका छन ।

उनि राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानका केन्द्रिय अध्यक्ष हुन । उनका धान खायो बाछिले, भुरुरु उडेको चरी ,सलल बग्यो गण्डकी लगायत गितहरु च्र्चित छन । यसैबिच शुक्रवार चर्चित आधुनिक लोकपप गायक सुनिल गिरी, लोक गायक धनराज चुनारा, चर्चित मोडेल दिपासा विसी, लगायत स्थानिय कलाकारहरुले आफ्नो सांगितिक प्रस्तुति राखेका छन ।

लोकपप गायक गिरीले , को होला त्यो म संग आखाँ जुधाउँने, देउरी भन्ज्याङ्ग, लगायतका चर्चित गितहरु प््रस्तुत गरे । लोक गायक चुनाराले जवानीको मात, क्या राम्री देखिन्छ्यौ, कोदोको झोल लगायतका गित प्रस्तुत गरे । साथै शुक्रवार थुप्रै म्युजिक भिडियोहरुमा अभिनयी गरिसकेकी चर्चित मोडेल दिपासी विसीले पनि प्रस्तुति देखाएकी छिन ।

यसैबिच कर्णाली महोत्सवले पहिलो पटक सञ्चालन गरेको प्रतियोगितात्मक लोकदोहोरी प्रतियोगिता अन्र्तगत शनिवार आज प्रथम स्थानका लागी लोकदोहोरी प्रतिष्ठान दाङ्ग र सिन्धुपाल्चोक बिच प्रतिस्पर्धा हुनेछ ।

तृतिय स्थानका लागी लोक दोहोरी प्रतिष्ठान नवलपरासी, र दैलेख बिच प्रतिस्पर्धा हुने लोक दोहोरी प्रतिष्ठान सुर्खेतका महासचिव खड्क बहादुर चन्दले जानकारी दिए ।