Loading... 22 March 2019|   शुक्रबार, चैत्र ८, २०७५

फुटवलमा सुर्खेत र हुम्ला फाइनलमा प्रवेश

  |

सुर्खेत । आठौँ राष्ट्रिय खेलकुद छनौट अन्तरगत कर्णाली प्रदेशको फुटबलको फाइनलमा सुर्खेत र हुम्ला भिड्ने भएका छन् । मंगलबार भएको सेमिफाइनलमामा सुर्खेतले कालिकोटलाइ पराजित गर्दै फाइनलमा आफ्नो स्थान पक्का गरेको हो । सुर्खेतले कालिकोटलार्इ ६ का विरूद्ध १ गोल अन्तरले हराउदै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो।

क्वाटरफार्इनलमा जुम्लालार्इ हराएको सुर्खेत लगातार जित हात पार्दै जित नजिक पुगेको छ । यस्तै लिग चरणका खेलमा दैलेखलार्इ हराएको हुम्ला सेमिफार्इनलमा मुगुलार्इ हराउदै फार्इनल प्रबेश गरेको छ ।

बीरेन्द्रनगरको रंगशालामा भएको खेलमा मुगुलार्इ ३-१ गोल अन्तरले पाखा लगाउदै हुम्लाले सुर्खेत संगको भिडन्त पक्का गरेको हो।
यस्तै तेस्रो स्थानको लागि भोलीनै कालिकोटले मुगुको सामना गर्ने भएको छ। यता एथ्लेटिक्समा सुर्खेत प्रथम भएको छ भने जुम्ला दोस्रो स्थान ओगट्न सफल भएको छ।

यस्तै व्याडिमन्टिनको पुरुषतर्फ सुर्खेतका निरन्जन चौधरी प्रथम हुनु भएको छ। आज भएको खेलमा सुर्खेतका नरेन्द्रबहादुर बम दोस्रो हुदाँ सुर्खेतकै टक्क बहादुर शाही तेस्रो बन्नु भएको छ। यता महिला तर्फ पनि सुर्खेतका सामना भटरार्इ प्रथम हुनुभएको छ भने सुर्खेतका अग्रीमा भन्डारी दृतिय हुदाँ सुर्खेतकै पुष्पा शाही तृतिय स्थान हासिल गर्न सफल हुनुभएको छ।

प्रकाशित मितिः मङ्लबार, फाल्गुन १४, २०७५     9:06:46 PM
error: Content is protected !!