☰ open Loading... 15 November 2024|  

क्यान इन्फोटेकको तयारी तिव्र
  | १८ फाल्गुन २०७५, शनिबार १९:१५

सुर्खेत, १८ फागुन ।
कर्णालीमा पहिलो पटक हुन लागिएको ‘इन्फोटेक’को तयारीमा तिव्रता दिइएको हो । कर्णाली प्रदेशलाई भविश्यमा ‘डिजिटल’ प्रदेशको रुपमा विकसित गर्न सहयोग पु¥याउने उदेश्यसहित क्यान महासंघ कर्णालीले इन्फोटेक सञ्चालन गर्न लागेको हो ।

यहीँ फागुन २४ गते देखि २८ गतेसम्म कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा कर्णालीमा प्रविधिको विकास गर्न ‘क्यान इन्फोटेक २०१९’ आयोजना गर्न लागिएको क्यान महासंघ कर्णालीका अध्यक्ष पूर्णदेव अधिकारीले जानकारी दिए । ‘सुचना प्रविधिको विस्तार–डिजिटल कर्णालीको आधार’ भन्ने मूल नाराका साथ कम्प्युटर एशोशियसन नेपाल (क्यान) महासंघ सुर्खेतले ‘इन्फोटेक’ गर्न लागेको हो ।

सुचना सञ्चार प्रविधिको वृहत प्रदर्शनी हुने ‘इन्फोटेक’ मा आइटी सेमिनार, नेपाली वैज्ञानिकहरुले निर्माण गरेको रोवर्ट लगायत विभिन्न आइटी सामग्रीको प्रदर्शनसमेत हुने क्यान महासंघ सुर्खेत शाखाका अध्यक्ष प्रेमप्रकाश चन्दले जानकारी दिए ।

‘इन्फोटेक’ मा विद्यालयस्तरिय वक्तृत्वकला प्रतियोगिता, हरेक दिन लक्की ‘ड्र’ बाट एक जनालाई ‘रारा भिजिट’ गराउनका साथै लक्की ‘ड्र’ बाटै हरेक दिन १० जनालाई एन्टिभाइरस निःशुल्क उपलव्ध गराइने क्यान महासंघ सुर्खेतले जनाएको छ । ‘इन्फोटेक’ अवधिभर कम्प्युटर, ल्यापटप र प्रिन्टरको निःशुल्क मर्मत सेवाका साथै सामान खरिदमा ५ देखि ५० प्रतिसतसम्म छुट दिइने र पब्जि गेम कम्पिटिसनसमेत हुने जनाईएको छ ।

स्कुल स्तरीय वक्तृत्वकला प्रतियोगीता, पियुबिजी गेम प्रतियोगीता, दृष्टिबिहीनहरुलाई कम्प्यूटर तथा मोवाइल चलाउने सिकाइने व्यवस्था रहेको जनाईएको छ । अनलाइन टिकेटिङ्गमा निःशुल्क प्रवेशको व्यवस्था मिलाउनुको साथै इन्फोटक संचालनका लागि करिब ३६ लाख रुपैयाँ खर्च हुने आयोजकको भनाई छ ।

इन्फोटेकको उद्घाटन कर्णाली प्रदेशमै पहिलो पटक रोबोटबाट गर्ने तयारी भइरहेको क्यान महासंघ सुर्खेत शाखाका अध्यक्ष प्रेम प्रकाश चन्दले जानकारी दिनुभयो । कर्णाली प्रदेशका १० वटै जिल्लाको सहभागीता रहने उनको भनाई थियो । इन्फोटेकमा ७० वटा स्टल रहने साथै राष्ट्रियस्तरका व्यवसायीहरु सहभागी हुने, नेपालमा भित्रिएका नविनतम् प्रविधिहरुको प्रदर्शनी मुख्य आकर्षक रहेको अध्यक्ष चन्दको भनाई थियो ।

मेला भित्र आईसिटी कन्फ्रेन्स, आईटी वर्कसपहरु डिजिटल कर्णालीका लागि स्मार्ट प्रविधि विषयमा सेमिनार संचालन हुनेछन् । सरकारी, गैरसरकारी तथा नीजि क्षेत्र, शिक्षक, विद्यार्थी, शिक्षा तथा विज्ञान तथा प्रविधि क्षेत्रको उल्लेख्य सहभागीता हुने अपेक्षा आयोजकले गरेको छ ।

इन्फोटेकले कर्णाली प्रदेशमा सूचना संचार र प्रविधिमा जानकारी, प्रचार प्रसारका साथै व्यापार प्रवर्धनमा समेत टेवा पु¥याउने साथै कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन र व्यापारलाई प्रविधिसंग जोड्नुका साथै स्थानीय मुख्य पर्यटकीय आकर्षण क्षेत्रको हिसावले धार्मिक तथा ऐतिहासिक रुपमा राष्ट्रिय सम्पदाहरुलाई प्रविधिमा जोडेर पर्यटन प्रबर्धनमा टेवा पु¥याउने लक्ष्य आयोजकले राखेको छ ।

टिकट व्यवस्थित गर्न आइएमइ पे मार्फत अनलाईन टिकटको व्यवस्था गरिने बताइएको छ । क्यान महासंघ सुर्खेत शाखाले आयोजना गरेको इन्फोटेकको मुख्य प्रायोजक आईएमई पे रहेको छ भने सह प्रायोजक भिस्टा सिसि टिभि, गोल्ड इस्पोन्सर लुम्बिनी विज ग्रुप प्रा.लि., सिल्भर इस्पोन्सर ईस्क्यान, पिन्ट इस्पोन्सरमा आदिम नेशनल कलेज काठमाडौ र साहारा कलेज सुर्खेत, हस्पिटालिटि होटल डुकु, डिजाइन पिन्टर मुना डिजाइन रहेका छन् । यस्तै अफिसियल बैङ्कमा मेघा बैङ्क रहेको छ भने अफिसियल इन्स्योरेन्समा प्रभू इन्स्योरेन्सलगायत अन्य विभिन्न प्रायोजकहरु रहेको आयोजकले बताएको छ ।