सुर्खेत । कर्णाली प्रदेशसभाका सांसदहरुले सडकको अवस्था दयनीय भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । प्रदेशसभाको विशेष समयमा वोल्दै सक्तारुढ दलका सांसद दानसिंह परियारले सरकारको बजेट कार्यन्वयनको गति सुस्त रहको भन्दै असन्तुष्टिी जनाएका छन् ।
सांसद परियारले सरकारले गरेको काम जनतासम्म पुग्ने गरी केही नदेखीएको भन्दै आक्रोश व्यक्त गरे । जनतामा चरम निराशा छाएको भन्दै मुख्यमन्त्रीको तत्काल जवाफ दिनुपर्ने उनकाे भनाई थियो ।
प्रदेशसभा सदस्य मीना सिंह रखालले दैलेख सुर्खेत सडक खण्ड जिर्ण वनेको भन्दै त्यसको स्तरोउन्नती तत्काल गर्न पनि सरकार संग माग गरिन् । प्रदेश सभा सदस्य अमृता शाहीले प्रदेशसभासम्म जाने सडक समेत निर्माण नभएकोले त्यसलाई तत्काल निर्माण गर्न माग गरेकी छन् ।
कौशीला वती खत्रीले नागरीकले आफ्नो स्वास्थ्य का लागी जान्न पाउने अधिकार भएपनि महिलाहरुको पाठेघरमा हुने समस्यालाई सामान्य रुपमा लिने गरिएको बतार्इन । सल्यानको वन्गाड कुपिन्डे नगरपालीकामा ८ मा ज्यामीरेकी २६ वर्षिय प्रेमकला थापाको अत्यधिक रक्त श्रावका कारण ज्यान गएको भन्दै सरकारले अव सुरक्षीत मातृत्व र सहजै रगत उपलव्ध गराउन सरकारको ध्यानाकर्षण गराइन ।
कृष्णा शाह गुणस्तरिय खाध्य उपभोग गर्ने नागरिकको मौलीक हक भएपनि बजारमा मिति गुज्रिएका चिजवस्तु विक्री वितरण भएको भन्दै नियन्त्रण र अनुगमन मा सरकारको धारणा माग गरिन् ।
मालपोतमा नागरिकले सास्ती पाईरहेको अस्पतालमा चिकित्सकले अस्पताल छाडेर क्लिनिकमा वढी समय वस्ने गरेको भन्दै त्यसतर्फ सरकारकोे ध्यानाकर्षण गराएकी थिइन् । सरकारी कार्यालयहरुमा घुष खाने प्रवृत्तिलाई नियमन गर्न सरकारसंग माग गरिन् ।
यसैविच कर्णाली प्रदेश प्रदेश सभामा प्राङ्गारिक कृषि सम्वन्धि व्यवस्था गर्न वनेको विद्येक २०७५ मा विभागीय मन्त्री भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले जवाफ दिएकी थिइन् । कर्णाली प्रदेश सभाको वैठक आगामी चैत्र ४ गते दिउसो १ बजे सम्मका लागी स्थगित भएको छ