दैलेख, – आठविस नगरपालिकास्थित ६ नम्वर वडामा रहेको गणेश माध्यमिक विद्यालय पुरै भत्केको छ । त्यही भत्केको विद्यालयमै पढाई चल्ने गरेको छ । पत्थरको विचविचमा प्वालदेखी कक्षाको भत्केको छ ।
बाकी रहेको विद्यालय भवन भत्कदा कक्षामा प्वालबाटै जान मिल्छ । पानी पर्दा विद्यार्थी च्यापिने डर उस्तै छ । कुनै पनि कक्षा कोठामा ताला लगाउँनु पर्दैन् । बान्नो भत्केर खुल्ला रहेको छ । विद्यालय पुरै भग्नाबेस अवस्थामा रहेको छ । तर, सरोकार निकायले बास्ता नै गरेको छैन् ।
नगरपालिकाले विद्यालय निर्माणमा कुनै चासो नदिएको स्थानीयह? बताउँछन् । विद्यालय भवनको विजोग अवस्था हुँदा पनि स्थानीय सरकारको आखा नपरेको स्थानीय समाजसेवी लोकेशप्रसाद आर्चायले बताए ।
पहुँचकै भरमा योजना हाल्ने परम्परा कायमै हुँदा यस्तो अवस्थामा विद्यालय पुग्दा समेत भवन बनाउँन पहल नभएको आर्चायले बताए । भवनका कारणले विद्यार्थीलाई पढाउने बातावरण नै नभएको विद्यालयका प्राधानाध्यापक श्रीनन्द शर्माले बताए ।
‘विद्यालय भवन संरचनाको अवस्था नाजुक छ ।’ उनले भने, मर्मत सम्भार तथा नयाँ भवनको ज?री तत्काल रहेको छ ।’ अहिले विद्यालयमा १२ जना शिक्षक रहेका छन् । विद्यालयमा ४ सय १ जना विद्यार्थी उक्त विद्यालयमा अध्यारक्त रहेको प्राधानाध्यापक शर्माले बताए । वर्षातमा विद्यालय भत्केको थियो । मर्मत नहुँदा जिर्ण भवनमै विद्यार्थीह? पढ्न बाध्य रहेका छन् ।