☰ open Loading... 18 April 2024|  

‘होलिले रंगियो मेरो विद्यालय’
  | ८ चैत्र २०७५, शुक्रबार १४:१९

सुर्खेत । सुर्खेतको डाव निवासी राजेन्द्र बि.क. होलीको दिन पनि विद्यालय आए । सुर्खेतको पञ्चपुरी नगरपालिका–४ स्थित शहिद स्मारक प्राथमिक विद्यालयमा कक्षा ४ मा अध्ययनरत राजेन्द्र होलीको अवसरमा विद्यालयमा बुधबार सार्वजनिक बिदा भएतापनि विद्यालय आएका हुन् । विद्यालयमा भईरहेको कार्यक्रमले उनलाई बिदाको समयमा पनि विद्यालय आउन वाध्य बनायो ।


विद्यालयको मनमोहक दृश्यमा उनि पनि रंगिए । बाल्टीबाट पहेलो रंङ्ग निकाल्दै ब्रुसले विद्यालयको भवनमा रंङ्ग पोतिरहेका उनिजस्तै साथिहरुसँग उनि पनि समाहित भए । उनिजस्तै विद्यालयमा अध्ययनरत अन्य साथिहरु भित्तामा रंङ्गको आफ्नो कला देखाईरहेका थिए ।
राजेन्द्रको छेउमै सोही विद्यालयमा अध्ययनरत सावत्री बि.क. पनि मख्ख पर्दै हेरिरहेकी थिइन् । वर्षौ देखि रंङ्ग नपाएको उनको विद्यालयको भित्ताले रंगिन हुने मौका पाईरहेको थियो । ७ वर्षिय सावित्रीलाई पनि उनका साथिहरुलाई झै होलीको दृश्यले रोमाञ्चित बनाईरहेको थियो ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर देखि लगभग ५७ कि.मि. टाढा रहेको उक्त विद्यालय होली पर्वको अवसरमा रंगिने मौका पायो । विरेन्द्रनगरमा कार्यक्षेत्र बनाएका शिक्षक तथा व्यापारी युवाहरुको समुहले विद्यालयका भित्ताहरुलाई रंङ्गाउन होलीको अवसरमा विद्यालय पुगेका हुन् ।
सुर्खेतमा रहेको दहाल ब्रोदर्स सर्भिसेस्ले होलीका अवसरमा ‘रंगिन विद्यालय अभियानको’ थालनी गरेको हो । अभियानको पहिलो चरणमा दहाल ब्रोदर्स सर्भिसेस्ले सुर्खेतका समाजसेवी भावना बोक्ने युवाहरुलाई पञ्चपुरी नगरपालिका स्थित शहिद स्मारक प्राथमिक विद्यालयमा पु¥याएको हो ।
वीरेन्द्रनगरबाट गएका १६ युवा, स्थानीय विद्यार्थी, समाजसेवी तथा विद्यालयका शिक्षक शिक्षिकाहरुले विद्यालयलाई रंङ्गाए । कर्णाली प्रदेशको शिक्षा क्षेत्रमा सहयोगका लागि हरेक वर्ष होलीका अवसरमा फरक–फरक विद्यालयमा ‘रंगिन विद्यालय अभियान’ सञ्चालन गरिने दहाल ब्रोदर्स सर्भिसेस्का अभियान संयोजक लोकेन्द्र दहालले बताए । विद्यालयलाई डस्बिन, कुच्चो तथा शैक्षिक सामग्री समेत सहयोग गर्दै अभियान संयोजक दहालले अभियानलाई हरेक वर्ष यसैगरी सञ्चालन गरिने बताए ।
वर्षौ देखि थोत्रो देखिने भवनमा एक्कासी रंङ्ग देख्दा आश्चार्यमा परेको स्थानीय एक अभिभावक लक्ष्मी रावलले बताइन् । अधिकांश दलित बालबालिका अध्ययनरत सो विद्यालयका भित्ताले रंङ्गिन हुन पाएको देख्दा रावलले खुशी व्यक्त गरिन् ।
यसैगरी विद्यालयका प्रध्यानाध्यापक खगिसरा पाठकले ‘रंगिन विद्यालय अभियान’का अभियान्ताहरुलाई धन्यवाद दिईन् । उनले भनिन्, ‘पहिले अलिअलि भएपनि विद्यालयमा सरकारद्वारा सहयोग प्राप्त हुन्थ्यो, अहिले त्यो पनि भएको छैन ।’ विविध अभावका कारण विद्यालय सञ्चालनमा समेत समस्या आएको उनले बताइन् । यस समयमा दहाल ब्रोदर्स सर्भिसेस्द्वारा रंगिन विद्यालय अभियानमा आफु आवद्व विद्यालयलाई छनौट गरिनुमा उनले खुशी व्यक्त गरिन् । विद्यालय व्यवस्थापनका अध्यक्ष पैलु बि.क.ले विद्यालयको शैक्षिक गुणस्तरमा रंगिन विद्यालय अभियानले महत्वपुर्ण भुमिका निर्वाह गरेको बताए ।
अभियान अन्र्तगत बुधबार विद्यालयमा रंङ्ग लगाउन सहयोग गर्न आईपुगेका अध्यक्ष बि.क.ले रंङ्ग सहित रंङ्ग लगाउन सहयोग गर्न सुर्खेतको पश्चिम क्षेत्र आईपुगेका अभियान्ताहरुलाई धन्यवाद दिए । विद्यालयको शैक्षिक सुधारका लागि वडाले आगामी दिनमा विद्यालयलाई प्राथमिकतामा राखि काम गर्ने पञ्चपुरी नगरपालिका–४ का निमित्त वडा अध्यक्ष राम प्रसाद तिमिल्सीनाले बताए ।
अभियानका लागि लोकेन्द्र दहालको संयोजकत्वमा कमल प्रसाद लामिछाने शर्मा, पदम खनाल, गोविन्द दहाल, सुजन शर्मा, राकेश गैरे, दिल मल्ल, धुव्र भट्टराई, पदम खड्का, पुर्ण खड्का, सोम भट्टराई, रविन कोइराला, पुनम बि.सी., रेवति रवन, सुर्दशन खड्कालगायतको समुह विद्यालयमा रंङ्ग लगाउन पुगेको हो । अभियानका लागि अमेरिका निवासी श्रीराज कार्की, सुर्खेतको हाम्रो टे«र्डस एण्ड सप्लायर्स र हारभेष्टमुन स्कुलले सहकार्य गरेका थिए ।