☰ open Loading... 17 November 2024|  

कर्णाली सरकारद्वारा बारा र पर्साका पीडितलाइ एक करोड सहयोग
  | २३ चैत्र २०७५, शनिबार १७:४१

सुर्खेत । हावाहुरीबाट विस्थापित भएका बारा र पर्साका नागरिकहरुलाई कर्णाली सरकारले सहयोग गर्ने निर्णय गरेको छ । कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को बैठकले हावाहुरीबाट विस्थापितहरुका लागि राहत स्वरुप एक करोड रकम उपलव्ध गराउने निर्णय गरेको हो ।


कर्णाली सरकारले उपलव्ध गराउने राहत रकम प्रदेश नम्बर २ को मुख्यमन्त्री राहत कोषमा जम्मा गरिने आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले जानकारी दिए । उनले कर्णाली सरकारले उपलव्ध गराएको राहत रकमले विस्थापित परिवारहरुको पुनस्र्थापनामा सहयोग पुग्ने अपेक्षा राखेको भण्डारीले बताए ।

मन्त्रीपरिषद्को बैठकले ५० शैयाको कर्णाली प्रदेश अस्पताललाई शिक्षण अभ्यास सहितको तीनसय शैयाको प्रेशण (रेफरल) अस्पतालको रुपमा स्तरोन्नती गर्ने निर्णय समेत गरेको छ ।