☰ open Loading... 17 November 2024|  

सुर्खेत मालपोतका नासुलाई कालोमोसो दल्ने शाही पक्राउ
  | २४ चैत्र २०७५, आईतवार १९:०४

सुशील खड्का 
सुर्खेत । मालपोत कार्यालय सुर्खेतका नासुलाई कालोमोसो दल्ने नेकपा क्रान्तिकारीका नेतालाई प्रहरीले पक्राउ गरेको छ । वैद्य नेतृत्व नेकपा क्रान्तिकारीका नेता हिक्मतबहादुर शाही ‘हिमाल’ लाई सुर्खेत प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।

याे पनि पढ्नुहाेस् : मालपोतका सूचना अधिकारीलाई माअाेवादीले दले कालाेमाेसाे 

सुरक्षाको प्रत्याभूत गराउ मालपोतका कर्मचारीको अाग्रह

मालपोतका नायव सुब्बा नरबहादुर घर्तीलाई कालोमासो दलेको अभियोगमा पक्राउ परेका हिमाल ।

गत माघ १६ गते नेता शाहीले नै मालपोतका नायव सुब्बा नरबहादुर घर्तीलाई कालोमासो दलेको अभियोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसी एवम् प्रवक्ता प्रदिपबहादुर क्षेत्रीले जानकारी दिए ।

उनकाअनुसार शाहीलाई काठडामौं जाँदै गरेको रात्री बसमा जाँदै गरेको बेला छिन्चुमा पक्राउ गरिएको हो । पक्राउ परेका शाहीमाथि थप अनुसन्धान शुरु गरेको प्रवक्ता क्षेत्रीको भनाई छ ।

यसैविच सुर्खेत प्रहरील वन मुद्दाका फारर अभियुक्तलाई समेत पक्राउ गरेको छ । लेकवेशी नगरपालिका–७ हिलेसोताका गोकुल सार्कीलाई पक्राउ गरिएको प्रवक्ता क्षेत्रीले जानकारी दिए ।

‘पक्राउ परेका गोकुललाई सुर्खेत जिल्ला अदालतले ०७१ साल चैत्र २० गते वन मुद्दामा २ वर्ष कैद र एकलाख १५ हजार १६५ रुपैयाँ सजाय फैसला गरेको थियो’ प्रवक्ता क्षेत्रीले भने, ‘फैसला अगावै उनी फरार रहेकाले उनलाई शनिवार घरबाटै पक्राउ गर्न सफल भएका छौं ।’

गोकुललाई पक्राउ गर्न इप्रका लेकवेशीका प्रहरी नायव निरीक्षक मोहनलाल कुमाईको नेतृत्वमा प्रहरी टोली पुगेको थियो । गाेकुललाइ कैद भक्तानका लागि अाइतबार अदालतले कारागार चलान गरेकाे छ ।