☰ open Loading... 3 March 2025|  

‘हावाहुरी र असिनाले ठूलो क्षती पु¥याउँदा सरकार किन मौन ?’
  | २६ चैत्र २०७५, मंगलवार १७:३९

सुर्खेत । कर्णाली प्रदेश सभाको मंगलबारको बैठक प्रारम्भमा विशेष समय लिएर बोल्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक गुलाबजंग शाहले हावाहुरी र असिनापानीले प्रदेशमा ठूलो क्षति पु¥याउँदा समेत सरकार मौन बसेको आरोप लगाए ।

पाे पनि पढ्नुहाेस् ः प्रदेश सभाबाट प्रदेश सहकारी विधेयक पारित

पछिल्ला केही दिनयता विभिन्न जिल्लामा असिनापानीले अन्नबालीमा पु¥याएको क्षतिको विवरण प्रस्तुत गर्दै उनले तत्काल क्षतिको मूल्यांकन गरी राहत उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराए ।

‘प्रदेश सरकारले आम जनतालाई सरकार भएको अनुभूति गराउनुपर्छ’, उनले भने, ‘कृषिमा ठूलो विपद् आएको छ, सरकारले आफ्नै प्रदेशका ती गरिब किसानको पीडा बुझिदेओस् ।’

नेपाली काङ्ग्रेसका सचेतक हिमबहादुर शाहीले सरकारले असिनापीडितहरुको राहतका सम्बन्धमा तत्काल सदनलाई जानकारी गराउन माग गरे । प्रदेशसभाको अर्को बैठक चैत २७ गते दिउँसो १ बजे बस्नेछ ।