☰ open Loading... 29 March 2024|  

कर्णालीमा स्थापना भयाे रोयल कर्णाली ईलेक्ट्रो मार्ट
  | १ बैशाख २०७६, आईतवार १९:००

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा आधुनिक सुविधा सम्पन्न ईलेक्ट्रो मार्ट सञ्चालनमा आएको छ । नयाँ वर्षको पहिलो दिनदेखी संचालनमा आएको रोयल कर्णाली ईलेक्ट्रो मार्टमा गुणस्तरिय ईलेक्ट्रोनिक सम्पुर्ण सामानहरु विक्रिवितरण सुरु गरिएको संचालक कमल शाहीले वताए । पहिलो पटक कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा ग्राहकहरुको सुविधालाई मध्यनगर गदै ईलेक्ट्रोनिक सम्पुर्ण व्राण्डका सामानहरु एकै ठाउँवाट विक्रि वितरण गर्ने गरी पसल संचालनमा ल्याईएको शाहीले वताए ।

उनले अव वीरेन्द्रनगरमा सवै प्रकारका घरायसी गुणस्तरिय ईलेक्ट्रोनिक सामान किन्नका लागि विभिन्न ठाउँहरुमा ग्राहकहरुले धाउनु नपर्ने समेत वताएका छन् । सुर्खेत विच वजारमा संचालनमा आएको रोयल कर्णाली ईलेक्ट्रो मार्टमा सम्पुर्ण व्राण्डमा मोवाईल, क्यामरा , टेलिभिजन, सिसि टिभि क्यामेरा, हाजीरी मेसिन ,सेक्युरीटीका सामान, लगाएत घरायसी प्रयोगमा आउने सामानहरुको विक्रि वितरण सुरु गरिएको शाहीले वताए ।

शाहीले वजारको मागलाई मध्यनजर गदै अन्तर्राष्यि मान्यता प्राप्त ब्राण्डेट ईलेक्ट्रोनिक सामान राखेर भरपर्दो सेवा दिने लक्ष्य समेत रहेको वताए । उनले सुर्खेतलाई प्रविधि युक्त आधुनिक शहर बनाउन पसलले भुमिका खेल्ने समेत विश्वास व्यक्त गरे । आवश्यक पर्ने र पछिल्ला सवै प्रविधिका सामानहरु समेत पसलमा राखिने उनको भनाई छ ।