दैलेख । आफुले बाली विमा गएर साच्चिकै आफुले बालीबाट भएको क्षतिको रकम विमाबाट पाएपछि विष्णुबहादुर शाही दंग छन् । अघिल्ला वर्षमा आफुले लगाएको बालीनाली नष्ट हुन्थ्र्यो, कति वर्ष त घरमा अन्न समेत भित्राउन पाउदैन् थिएन विष्णुले तर, यो वर्ष बाली लगाएलगत्तै विमा गरेर अहिले क्षति पाए । मकैले घोगा नै हालन् ।
विमा कम्पनी गाउँमै पुगेर उनीहरुलाई विमा रकम दियो । विमा रकम पाएपछि विष्णु निकै खुसी छन् । उनले ९ हजार ४ सय ५० रुपैँया दुल्लुनगरपालिकाका नगर प्रमुख घनश्याम भण्डारीको हातमा चेक लिए । थोरै रकमले विमा गरेर धेरै रकम क्षतिपुर्ती पाएको भन्दै विष्णुले अव, सवैले विमा गराउनुपर्ने सुझाव दिए ।
त्यस्तै अर्का किसान कृष्णा बुढाले पनि आफुले अन्न बालीमा क्षति ब्यहोरपछि अहिले विमा रकम बुझ्दा निकै खुसी छिन् । समयमै विमा गरेकाले अहिले क्षति रकम पाउँदा निकै राम्रो कार्यक्रम रहेको बताईन् । अव सवै किसानहरुलाई बालीविमा अनिवार्य रहेको उनले बताईन् । असिनाले करोडौको बाली क्षति पुराएको समेत किसानहरुले सम्झेका छन् ।
विष्णु र कृष्णाजस्तै १३ जना किसानहरुले बाली विमा पाएका छन् । आफुले उत्पादन गरेको बालीले उत्पादन नदिएपछि उनीहरुले विमा रकम पाएका हुन् । जिल्लामै पहिलो पटक कृषि बिमाको पिमियम भुक्तानी पाएपछि किसानहरुमा खुसी छाएको हो ।
दुल्लु नगरपालिका– १३ को हालेमालो कृषि बिउ उत्पादन सहकारीका १३ जना किसानले ६४ हजार २ सय ६० रुपैँया विमा रकम आएका हुन् । किसानहरुले लगाएको मकैले घोगा नलागेपछि शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले उनीहरुलाई विमा रकम हस्तान्तरण गरेको हो ।
नगरप्रमुख घनश्याम भण्डारी र उपप्रमुख बिष्णु थापाले सवै किसानहरुलाई विमा रकम चेक मार्फत हस्तान्तरण गरे । विमा रकम पाउनेमा पवित्रा शाही ३ हजार ७ सय ८० , बिष्णुबहादुर शाही ९ हजार ४ सय ५०, बिस्ना शाही ४ हजार ७ .सय २५, भिम बहादुर रावल ५हजार ६ सय ७०, रामबहादुर शाही ५ हजार ६ सय ७०, पानसरी बुढा ३ हजार ७ सय ८०, पुर्मा घर्र्ती ३ हजार ७ सय ८०, रंगिता रावल ३ हजार ७ सय ८०, बसन्ती बुढा ३ हजार ७ सय ८०, बमबहादुर सिंह ४ हजार ७ सय ३५, बखतबहादुर शाही ३ हजार ७ सय ८०, कृष्णा बुढा ५ हजार ६ सय ७०, मानबहादुर शाही ५ हजार ६ सय ७० रुपैँयाको चेक पाएका हुन् ।
हालेमालो कृषि बिउ उत्पादन सहकारीका अध्यक्ष बिष्णुबहादुर शाहीले विमाबाट सधै किसानहरु सुरक्षित हुने बताए । नगर क्षेत्रमा पशु र कृषि बिमा बिस्तार गर्ने अभियान रहेको नगर प्रमुख भण्डारीको भनाइ छ ।