सुर्खेत । चालु आर्थिक बर्षको बजेट खर्च गर्न सकिने अवस्था नरहेको कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री खड्क बहादुर खत्रीले बताएका छन् । कर्मचारीको अभाव र आवश्यक कानुनको अभावमा विकासे बजेट खर्च हुने अवस्था नरहेको मन्त्री खत्रीको बताएका हुन् ।
याे पनि पढ्नुहाेस् : भौतिकको बजेट आठ अर्ब, खर्च पाँच प्रतिशत
चिङ्गाड एकता समाज सुर्खेतले गरेको शुभकामना आदान प्रदान कार्यक्रममा मन्त्री खत्रीले कर्णाली प्रदेशका स्थायी बसोबास भएका कर्मचारीले पनि कर्मचारी समायोजनामा कर्णाली प्रदेशलाई नरोजेको भन्दै असन्तुष्टी व्यक्त गरे । उनले संघिय सरकारले चाहिने कानुन नबनाउदा प्रदेश सरकारले कानुन बनाउन नसकेको जसका कारण बजेट कार्यन्वयनमा समस्या भएको बताए ।
संघिय राजधानी सुर्खेतको विकट क्षेत्र चिङ्गाडलाई कसैले पनि नहेरेको र नजर पनि नगएको भन्दै विकासका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । सुर्खेतले नै चिन्न नसकेको क्षेत्र चिङ्गाड भएको भन्दै यूवाहरले हरेक ठाँउमा खबरदारी गर्नु पर्ने उनको भनाई थियो ।
मन्त्री खत्रीले चिङ्गाडका समस्यालाई लिपीवद्ध गर्न आवश्यक रहेको भन्दै सोही अनुसार योजना बनाएर अघि बढ्नु पर्नेमा जोडदिए ।चिङ्गाडलाई सडक सञ्जालले जोड्ने प्रतिवद्धता व्यक्त गर्दै मन्त्री खत्रीले चिङ्गाड एकता समाजसंग सहकार्य गरेर अघि बढ्न तयार रहेको जानकारी दिए ।
चिङ्गाड गाँउपालिकाका अध्यक्ष देव वहादुर चन्दले विकासका लागि प्रदेश सरकार र स्थानीय तह बिच समन्वय हुन आवश्यक रहेकोमा दिए । प्रदेश सरकारका आफ्ना समस्याका कारण विकसमा समन्वय हुन नसकेको भन्दै समन्वय र सहकार्यका लागि सधै तयार रहेको बताए ।
एनजिओ आईएनजिओले गाँउपालिका संग मिलेर काम गर्न नचाहेको र काम राम्रोसंग नगरेको समेत चन्दकाे भनाइ छ । गाँउपालिकाको योजना विना काम चलाउ तरिकाले काम गर्न नदिएकाले पनि संस्थाहरु पालिकामा आउन नचाहेको पनि अध्यक्ष चन्दले उल्लेख गरे ।
एकता समाजले सबै विचार क्षेत्र समेटेर जानुपर्ने भन्दै चन्दले विकासका लागि समाजसंग सकारात्मक सोचका साथ हातेमालो गर्न तयार रहेको जानकारी दिए ।
नेकपाका कर्णाली प्रदेश कमिटी सदस्य कृष्ण जिसी जितेन्द्रले गाँपालिकाको विकासका लागि बाहिरका मानिस आकर्षित गर्ने खालका कार्यक्रम बनाउन जरुरी रहेको बताए । पर्यटन क्षेत्रको विकासका लागि जिम्मावारीमा रहेका जनप्रतिनिधिले काम गर्नु पर्ने भन्दै विकासका लागि आवश्यक सहयोग गर्न तयार रहेको जानकारी दिए । चिङ्गाडक्षेत्रमा लगानी भित्रयाउन सबैको पहल आवश्यक रहेकोमा उनकाे जाेड छ ।