सुर्खेतको वीरेन्द्रनगरमा अादेखी कर्णाली प्रिमियर लिग केपीएल प्रतियाेगिता शुरू गरिँदै छ । २१ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा दुइ विभागिय टाेलीसहित ६ टोलीले सहभागिता जनाउँने भएका छन।
प्रतियोगिता संञ्चालनको लागी खेलमैदान मर्मत तथा सम्भार लगायतका सम्पुर्ण तयारी पुराभएको आयोजकले जनाएको छ। उद्घघाटन खेलमा घरेलुटोली कर्णाली ११ र झाँपाको लालिगुराँस क्रिकेट एकेडेमी बीच प्रतिस्पर्धा हुनेछ।
उद्घघाटनमा एक खेलहुने भएपनि अन्य दिनमा भने दुर्इ खेल हुने कर्णाली किक्रेट एकेडेमीका अध्यक्ष जीवन शाहीले जानकारी दिए । आठ टिमलार्इ दुर्इ समुहमा विभाजन गरेर प्रतियोगिता संञ्चालन गरिने शाहीले बताए ।
समुह ए, मा घरेलु टोली कर्णाली ११, नेपाल आर्मी,समुह ए मा घरेलु टोली कर्णाली ११ नेपाल आर्मी मध्यपश्चिम किक्रेट कल्ब र लालिगुराँस क्रिकेट एकेडमी रहेका छन।
यस्तै समुह बी, शसस्त्र प्रहरीको एपिएफ,महेन्द्रनगर किक्रेट एकेडेमी,समुह बीमा शसस्त्र प्रहरीको एपिएफ महेन्द्रनगर युनार्इटेड न्यु होरार्इजन बुटवल र हिमालय किक्रेट एकेमडी रहेका छन।
लिग–कम नक–आउट फर्म्याटमा आयोजना हुने प्रतियोगितमा २ समुहबाट उत्कृष्ट २ टिम सेमिफाइनल पुग्ने छन। लिगको विजेताले पाँच लाख पाउने छ भने उप विजेताले दुर्इ हात पार्ने आयोजकले जनाएको छ।
प्रतियोगितमा सर्बउत्कृष्ट खेलाडीले ५० हजार हात पार्ने छन भने उत्कृष्ट बलर र ब्याट्सम्यानले समान २०/२० हजार प्राप्त गर्नेछन्। यस्तै फाइनल खेलमा एक जना दर्शकलाई रनर कम्पनीको एउटा मोटरसाइकल उपहार दिइने आयोजकले जनाएको छ। प्रतियोगितामा छक्का समात्ने दर्शकलार्इ एक हजारको पुरुस्कारको पनि व्यवस्था गरिएको आयोजकले जनाएको छ।