☰ open Loading... 26 April 2024|  

विद्याश्रमलाई खाद्यान्न
  | १ जेष्ठ २०७६, बुधबार २०:४८

दैलेख, नेपाल शिक्षक संघको स्थापना दिवशको अवसरमा दैलेखमा विद्याश्रमका विद्यार्थीहरुलाई खाद्यान्न वितरण गरिएको छ । दुल्लुनगर पालिका –१० मा संचालित पंचकोशी बेद विद्याश्रमलाई खाद्यान्न वितरण गरिएको हो ।
नेपाल शिक्षक संघको ३० औं स्थापना दिवशको अवसरमा दैलेखमा संघका केन्द्रिय उपाध्यक्ष पत्मिनी थापा र दुल्लुनगरपालिकाका नगर प्रमुख घनश्याम भण्डारीले विद्यालयलाई खाद्यान्न वितरण गरेका हुन् । कार्यक्रममा २८ जना विद्यार्थीले स्वस्ति बाचन गरेर उद्घाटन गरेका थिए । कार्यक्रममा संघका अध्यक्ष कृष्ण थापा लगायतका पदाधिकारी सदस्यहरु सहभागी थिए । कर्णाली प्रदेशमै बेद शिक्षा पढाउने पहिलो विद्यालय यहि नै हो ।