☰ open Loading... 28 September 2025|  

तस्वीरमा हेर्नुस् ५० वर्षअघिको कर्णाली
  | ५ जेष्ठ २०७६, आईतवार १९:३४

कालीकोट : कर्णालीमा ५० वर्ष अघि कस्तो थियो होला? अहिले कर्णालीमा केही आधुनिकिरण खोजिरहेका बेला कर्णालीको विषयमा विगतबारे थोरै जानकारी छ। यहाँ कुनै विकास निर्माणका काम कुनै प्रभाव नपारेको ५० वर्षअघि कर्णालीको जनजीवनमा अहिले धेरै फरक आइसकेको छ।
कर्णालीमा पहिलोपटक आएको र क्यामेरामा कर्णालीका तस्वीर कैद गर्ने स्वीस नागरिक टोनी हेगन नै होलान्! सायद त्यसभन्दा कुनै विदेशी नागरिक कर्णालीमा आएका थिएनन्। अहिले पनि कर्णालीमा कमै विदेशी नागरिकले भ्रमण गर्ने गरेका छन्।
टोनी हेगन र केभिन बुव्रिसकिले आफ्नो क्यामेरामा कर्णालीका केही तस्वीर कैद गरेका छन्। सडक सञ्‍जाल विकास निर्माणका कुनै पूर्वाधारले नछोएको कर्णालीमा त्यसबेला मानिसहरु पिठ्युँमा भारी बोकी निकै कठिन बाटोको यात्रा गर्न कर्णालीबासी बाध्य थिए। अहिले पनि कर्णालीवासीको पिठ्युँमा भारी बोक्ने चलन हटेको छैन। कर्णालीमा दशकौँसम्म विकास नुहुन एउटा दुर्भाग्य हो।

तस्वीरमा हेरौँ पुरानो कर्णाली :