☰ open Loading... 20 April 2024|  

करोडौंको भारतीय नक्कली नोटसहित युनुस अन्सारी विमानस्थलबाट पक्राउ
  | १० जेष्ठ २०७६, शुक्रबार १४:३५

काठमाडौँ, नेपाल प्रहरी र विमानस्थल भन्सारको स‌ंयुक्त टोलीले पाकिस्तानबाट कतारको दोह हुँदै नेपाल आएका पाकिस्तानी नागरिक नसिर उद्दिनसहित अन्य ३ जनालाई ठूलो परिमाणको भारतीय नक्कली नोटसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । यस्तै उनीहरुलाई लिन विमानस्थल पुगेका युनुस अन्सरीसहित अन्य २ जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

६७ वर्षीय नासिर उद्धिनसँगै नेपाल आएका ४९ वर्षीय मोहम्मद अफ्तर र ३९ वर्षीय नदिया अनवरलाई प्रहरीले विमानस्थल भित्रको भन्सार क्षेत्रबाट पक्राउ गरेको हो। उनीहरु कतारको दोहाबाट बिहान सवा ८ बजे नेपाल अवतरण गरेका थिए।

युनुससँग रहेका सोहेल खान र गाडी चालकसुजन रानामगर पनि पक्राउ परेका हुन्।

विमानस्थल भन्सारका प्रमुख गजेन्द्र ठाकुरले ठूलो परिमाणको भारतीय नक्कली नोटसहित केही व्यक्ति पक्राउ परेको र उनीहरुसँग दुईवटा सुटकेसमा रहेको नोट गन्ने कार्य भइरहेको पुष्टी गरे।

नसिरुद्धिनको साथमा रहेको सुटकेसमा २ हजार दरको नोटको बण्डलहरु रहेको बताइएको छ।

हालसम्म सुटेकेसमा रहेको नोट गनिसक्दा ४करोड नाघिसकेको छ।

एउटा सुटकेसमा रहेको नोट गनेर अर्को सुटकेसमा रहेको नोट गन्ने कार्य भइरहेको प्रहरी स्रोतले बताएको छ।

भारतमा नोटबन्दी भएपछि २ हजार दरका नक्कली नोट यति ठूलो परिमाणमा फेला परेको यो पहिलो घटना हो।

कान्तिपूरबाट