☰ open Loading... 3 March 2025|  

नवजात शिशुको हत्या गर्ने महिला पक्राउ
  | १६ जेष्ठ २०७६, बिहीबार १२:२६

सल्यान : नवजात शिशुको हत्या गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। दार्मा गाउँपालिका वडा न ३ बेरुखेतकी २५ वर्षिया आशा विकलाई नवजात शिशु हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।

बुधबार बेरुखेतको जंगलमा नवजात शिशुको शव फेला परेको थियो। जंगलमा शिशुको शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।  शिशुको शव पोष्टमार्टमका लागि सल्यान अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय फारुलाचौरका प्रमुख ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए।

आरोपित विकलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय थारमारेमा लगिएको प्रहरीले जनाएको छ।