दैलेख, आठबीस नगरपालिकास्थित रार्कम–सिहासैन सडक ग्रेड नमिलाई ठाडो उकालो खनिएको भन्दै सार्वजनिक सुनुवाईमै स्थानीय खगेन्द्रबहादुर शाहीले गुनासो गरे ।
लगत्तै त्यसको प्रतिउत्तरमा नगरपालिकाका ईन्जिनियर सुमित दासले आफुले दिएको स्टेमेन्टभन्दा पनि वडाध्यक्ष र डोजर चालकले आफुखुसी सडक खन्ने गरेको स्पोष्टी दिए । आफुले दिएको लाईनभन्दा बाहिर खन्ने गरेकाले ग्रेट विग्रीएको स्विकार ईन्जिनियर दासले गरे ।
आठविस नगरपालिकाको रार्कमदेखी रोल जाने बाटो चिप्लोटी खेल्ने गरी ठाडो उकालो बनाएको भन्दै गाडी होईन् मान्छे हिड्न समेत नमिल्ने सडक कस्का लागि खनेको भन्दै स्थानीयले प्रश्न तेस्राएका थिए । नजिकै बसेका नगर प्रमुख खड्काराज उपाध्यायले तत्काल ग्रेड मिलाउन निर्देशन दिए ।
अव विकास गतिविधिमा प्राविधिक वेगर दायाँवाया काम नगर्नका लागि सार्वजनिक रुपमै नगर प्रमुख उपाध्यायले प्रतिवद्धता गर्दै जनप्रतिनिधिहरुलाई आफ्नो प्रभावमा विकास नगर्न निर्देशन दिए ।
त्यस्तै स्थानीय अगुवा नैनबहादुर शाहीले आठबीस नगरपालिकाको मुकामको विषयमा टुंगा नलागेको बताए । उनले बसपार्क निर्माणको लागि डिपिआर आठविस नगरपालिका –४ बुढाखोला गरियो तर, फेरी नगरपालिकाको कार्यपालिका बैठकबाट आठबीस नगरपालिका –३ धौलाकोट गराउने निर्णयले बाँझिएकाले तत्काल सच्चाउन माग गरे ।
बसर्पाकमा डिपिआर बनाउन लाखौं रकम लगानी गरेर नगरपालिकाले फेरी अर्को ठाउँमा बसपार्क बनाउन गरेको निर्णयले विवादित बनाएको उनको तर्क छ । पिपलकोटस्थित स्वास्थ्य चौकीबाट डेढ वर्षदेखी अनमी दुर्गा शर्माले खादै आएको तलव अहिले नगरपालिकाले रोकेको गुनासो गरिन् ।
गाउँमा स्वास्थ्य चौकीहरु ३ वटा वडामा अँझै नपुगेको र औषधी उपचार समेत नपाउने गरेको आठबीसका अगुवा प्रेमप्रकाश शाहीले बताए । नगरपालिका घोषणा भएर चुनाव सकिएको वर्षैदिन पुग्दा समेत स्वास्थ्य चौकी स्थापना नभएकोमा शाहीले तत्काल नगरपालिकाले ठोस योजना बनाउनुपर्ने सुझाव दिए । पशु सेवा नपुगेको गुनासो आएपछि तत्काल पशु प्राविधिक खटाउने प्रतिवद्धता गरियो । प्रमुख प्रशासकिय अधिकृत कुलराज सुवेदीले विकासको बाधक नभई सहयोगी भएर गुणस्तर विकासमा सघाउन पुराउन सवैलाई आग्रह गरे । विकास निर्माणदेखी नगरपालिकाले दिने सेवा सुविधासम्म कार्यालयमै आएर वा सार्वजनिक सुनुवाईमा राखेमा आगामी दिनमा काम गर्न सजिलो हुने प्रमुख प्रशासकिय अधिकृत सुवेदीको भनाई थियो । सार्वजनिक सुनुवाईमा आफ्ना गुनासा तथा सुझावहरु स्थानीयले राखेका थिए ।
| २८ जेष्ठ २०७६, मंगलवार १७:००