☰ open Loading... 26 February 2025|  

करेन्ट लागेर १ महिलाको मृत्यु
  | २९ जेष्ठ २०७६, बुधबार १९:३९

सल्यान  : जिल्ला बागचौर नगरपालिका वडा न २ शेराचौरकमा विद्युतको करेन्ट लागेर एक महिलाको घटनास्थलमै ज्यान गएको छ।

सोमबार बिहान शेराचौरकी ३६ वर्षीया भुमि वलीको करेन्ट लागेर ज्यान गएको इलाका प्रहरी कार्यालय थारमारेले जनाएको छ। घाँस काट्न हिडेकी वलीको भुई लत्त्रिएको तारमा अट्किँदा ज्यान गएको थारमारेका प्रहरी प्रमुख लिलाभक्त वादेले बताए।

विद्युतको तारले जमिन छोएको र घाँस काट्न हिड्दै गर्दा तारमा अल्झिँदा ज्यान गएको वादेको भनाई रहेको छ। विद्युत प्राधिकरणले क्षतिपूर्ति दिने सहमति पश्चात पोष्टमार्टमका लागि वलीको शव जिल्ला अस्पताल ल्याइएको छ।