☰ open Loading... 3 May 2024|  

विद्यार्थीको सिकाइको थलो बन्दै बिउ उत्पादन केन्द्र
  | ३२ जेष्ठ २०७६, शनिबार १७:२३

रुकुम: रुकुम पश्चिम चाँपामा रहेको तरकारी बिउ उत्पादन केन्द्र विद्यार्थीहरुका लागि पनि सिकाइ केन्द्रको रुपमा विकास हुन थालेको छ । कृषि विषय अध्ययन गरिरहेका, जेटिए तालिम र आइएसिएजीका  विद्यार्थीहरुलाई व्यवहारिक रुपमा कार्यगत तालिमको लागि आर्कषण केन्द्र पनि बनेको हो।

कृषि विषयका विद्यार्थीहरुका लागि व्यवहारिक शिक्षा लिन रुकुमको तरकारी बिउ उत्पादन केन्द्र उपयुक्त भएको छ। रुकुम पश्चिमका साथै रुकुम पूर्व, सल्यान, रोल्पा, जाजरकोट, दाङ, चितवन, बर्दिया, काठमाडौंलगाएतका विभिन्न जिल्लामा रहेका कृषि पढाइ हुने कलेजहरुमा विद्यार्थीहरु कार्यगत तालिमका लागि यहाँ आउने गरेका छन्।

विद्यार्थीहरुका लागि एउटा सिकाइ केन्द्र बनेको केन्द्रका प्रमुख वरिष्ठ बागवानी विकास अधिकृत डा. रवीन्द्र्रनाथ चौबेले बताउँछन्।  बिउ उत्पादन गर्ने मात्र नभई व्यवहारिक शिक्षा हासिल गर्न आउने विद्यार्थीका सहज बनाउने योजना केन्द्रको रहेको छ। यहाँ बर्सेनि विभिन्न प्रजातिका तरकारीका दुई मेट्रिक टन बिउ उत्पादन हुँदै आएको छ।