☰ open Loading... 2 May 2024|  

यी हुन् कपाल झर्ने समस्याको रोकथामका उपाय
  | ७ असार २०७६, शनिबार १७:४८

पछिल्लो समयमा उमेर नपुग्दै कपाल झर्ने समस्या भएका पुरुषको संख्या बढ्दो छ । कपाल झर्नु रोग भने होइन । तर, कपाल झर्नु पुरुषका लागि टाउकोदुखाइ बनिरहेको छ ।
कारण

उमेर बढ्दै जाँदा, वंशाणुगत गुण तथा पुरुषमा टेस्टोस्टेरोन हर्मोन तीव्र गतिमा बढ्न थालेपछि कपाल बिस्तारै झर्न सुरु गर्छ ।
दैनिक काम वा अन्य कारणबाट उत्पन्न हुने तनाव, धूम्रपान÷मद्यपान सेवन, अस्वस्थ खानपान तथा रसायनयुक्त पदार्थको प्रयोगले समेत कपाल भर्छ ।
रोकथाम

वंशाणुगत गुण, बढ्दो उमेर, हर्मोनजस्ता कारणले कपाल झरेको भए यसलाई रोक्न गाह्रै होला । तर, अस्वस्थ खानपान, धूम्रपान, मद्यपान, तनाव, रसायनयुक्त पदार्थको प्रयोग आदि कुराले कपाल झरिरहेको भए यसलाई रोक्न सकिन्छ । स्वास्थ खानेकुरा खाने, धूम्रपान, मद्यपान नगर्ने, तनाव व्यवस्थापन गर्ने र रसायनयुक्त पदार्थको प्रयोग सकभर नगर्दा कपाल झर्न कम हुन्छ । यसर्थ, यी जीवनशैली अपनाउन जरुरी छ ।