☰ open Loading... 22 March 2025|  

भेरीले बगाएर २ किशोर वेपता
  | ९ असार २०७६, सोमबार २०:५२

जाजरकोट: गर्मी छल्न भेरी नदी गएर नुहाउँदै गर्दा सोमबार डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका ५ लहाँ गाउँका दुई किशोर बगेर मृत्यु भएको छ।

खदाङको  हरियापनीस्थित  भेरीमा पौडी खेल्दै गर्दा लहाँका १३ वर्षीय बीरबहादुर नेपाली र १४ वर्षीय विमल नेपालीको मृत्यु भएको डोल्पा प्रहरी प्रमुख अवदेश विष्टले जानकारी दिए। मष्टा आधारभूत विद्यालयमा कक्षा ७ मा अध्यायनरत विमलको शव भेटिए पनि बीरबहादुरको भने अहिलेसम्म फेला नपरेको बताइएको छ।

हिजो मात्र डोल्पामा भारी पानी परेर खोला पढ्दा पुल समेत बगाएको थियो। दैनिक रुपमा पाैडी खेल्ने ठाउँमा गएर खेलिरहेका ती बालकहरूलाई सोमबार एक्कासी बढेको पानीले बगाएको प्रहरी चौकी खदाङले जानकारी दिएको छ। बीरबहादुरको लासको खोजी कार्यजारी रहेको छ। अहिले नदीमा पानीको वहाव बढिरहेकोले कोही व्यक्ति पनि पानी खेल्न नजान आग्रह गरिएको डिएस्पी विष्टले जानकारी दिए।