| १२ असार २०७६, बिहीबार २१:२४
सुर्खेत । नेपाल बजार बिक्रि प्रतिनिधि संघ कर्णाली प्रदेश समितिले बैतडीका क्यान्सर पीडित केशब सिंहलाई आर्थिक सहयोग गरेको छ ।
केशबको उपचारका लागि उक्त संघले ११ हजार एकसय एघार रुपैयाँ आर्थिक सहयोग गरेको हो । नेपाल बजार बिक्रि बितरण संघका केन्द्रीय सदस्य सदस्य रमेश सुवेदीले जानकारी दिए ।
उनकाअनुसार उक्त रकम सिंहका भाई नाता पर्ने कृष्ण बिष्टकाे नाममा रहेको बैंकमा जम्मा गरीएको भौचर हस्तान्तरण गरिएकाे थियो ।