☰ open Loading... 23 December 2024|  

मध्यअसारमा सम्झौताको चटारो
  | १९ असार २०७६, बिहीबार १५:१३

दैलेख, सामान्यता यतिबेला विकासे काम सकेर भुक्तानीका लागि उपभोक्ता समिति हुन् या ठेकेदार नगरपालिका धाउने गर्दछन् । तर, दैलेखको नारायण नगरपालिकामा ठुलो योजनाहरु सम्झौताको चटारो हुने गरेको छ । विभिन्न समयमा विवादित योजनाहरु मध्यअसारमा सम्झौताको तयारी गरिएको हो ।

हप्तादिनदेखी सम्झौताको लागि नगरपालिका धाएका उपभोक्ताहरु शुक्रवार पनि सम्झौताका लागि पुगेका छन् । रागाँ बधशालाका लागि ४४ लाख रुपैँया खर्चनका लागि शुक्रवार उपभोक्ताहरु सम्झौताका लागि सम्पूर्ण प्रकृया पुराएर पुगेका थिए । मध्यअसारमा सम्झौताका लागि पुगेका उपभोक्ताहरुलाई नगर प्रमुख रत्नबहादुर खड्काले प्रमुख प्रशासकिय अधिकृत रेशम बुढालाई प्रकृया पुरा भएकाले सम्झौता गर्न मौखिक आदेश दिए । नगरपालिकाकै आडमा कर्णाली प्रदेश सरकारबाट आएको ३५ लाख रुपैँयामा पिपिसी (ढलान) गर्ने सम्झौता भएको छ तर, सामान्य सडक सफा गर्ने बाहेक अहिलेसम्म कुनै काम भएको छैन् ।

हप्तादिनभित्रै सम्झौता गरिएको नारायण नगरपालिका –२ कुसाडास्थित डम्पिङ्ग साईटसम्म जाने सडक पिपिस (ढलान) गर्नका लागि नारायण नगरपालिकाले १० लाख रुपैँया खर्चने गरि उपभोक्ता समिति गठन भयो । अहिलेसम्म कामै नभएन् । यी योजना उदाहरण भएपनि दैलेखका ११ स्थानीय तहमा हिजोआज सम्झौता गर्ने लहर चलेको छ । अहिले सम्झौता गरेर काम कहिले ? सवैको प्रश्न तेस्रीएको छ ।

सडकको काम गरेजस्तो गरेर राजनितिक पावरको आडमा पुरै भुक्तानी दिने दाउमा उपभोक्ता समिति रहेको स्थानीयहरु बताउँछन् । असार अन्तिमसम्म पनि आफ्ना आसेपासेहरुलाई खुसी बनाउन सम्झौता गर्ने गरिएको नारायण नगरपालिकाका वडा नम्वर १ का वडा सदस्य रमेश केसीले बताए । यता नारायण नगरपालिकाका नगर प्रमुख रत्नबहादुर खड्काले प्रदेश तथा नगरमा रहेको योजना तथा बजेट भएसम्म सम्झौता गर्ने बताए । नगरमा आएको बजेट सम्झौता गरेर काम अघि बढाईने नगर प्रमुख खड्काले बताए । ‘बजेट आए र भएसम्म असार २५ गतेसम्म पनि म सम्झौता गर्छु ।’ नगर प्रमुख खड्काले भने, काम अनुसार भुक्तानी हुन्छ ।

कामै नगर्नेले पैसा पाउँदैनन् ।’ जेष्ठ १५ देखी नै ठुला र गर्न नसकिने योजनाहरुको सम्झौता रोकिएको दुल्लुनगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत तेजराज शर्माले बताए । असारभित्रै प्रकृया पुराएर खरिद गर्न सकिने सामाग्रीहरुबारे योजनाहरुको सम्झौता भएको दुल्लुनगरपालिकाले जनाएको छ । नारायण नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रेशम बुढाले आफुलाई सम्झौताका लागि कसैले दवाव दिएर सम्झौता नगर्ने प्रतिक्रिया दिए ।