☰ open Loading... 23 December 2024|  

प्रदेशी काजी र घरवालीकाे मुक्तक सवाल-जवाफ
  | १९ असार २०७६, बिहीबार २१:२३

सुर्खेत । साहित्य र संकृति भनेको देश र समाजको परिचय हो । हामीले बोल्ने भाषाले को कहाँको रहेछ भन्ने अनुमान गर्न गाह्रो हुँदैन ।

त्यस्तै गीत, संगीत, साहित्यजस्ता कुराहरुले पनी हाम्रो परिचयलाई बलियो बनाउँदै लैजान्छ । बारा निजगढकी शशक्त मुक्तकमन पवित्रा रुन्चि र दैलेख भैरवी १ का नवसर्जक काजी प्रवासी बिचको छोटो मुक्तक दोहोरी ।

काजीः बाझैँ होला त्यो खेतबारी खर्च छ कि छैन ? सुखदुख भन्देऊ प्यारी खर्च छ कि छैन ? बालबच्चा नि सताउदा हुन चिचिपापा भनि । किन्ने भन्थेऊ नया सारी खर्च छ कि छैन ?

रुन्ची ः घर परिवार अनि खेतबारीको कति चिन्ता नगर्नु । दुःखमा हैन हजुर–सुखमा छ अति चिन्ता नगर्नु । बच्चाहरुले मागेको हरेको कुरापुरा गर्नको लागी । राखेकी छु मैले दुईचार हजार जति चिन्ता नगर्नु ।

काजी ः बालबच्चा र तिम्रा निम्ती कष्ट गरेको छु । साहुँकोमा छ घर बन्धकी कष्ट गरेको छु । खुशीयाली कैले आउँला हाम्रो मुहारमा ? सोच्दासोच्दै यो जिन्दगी कष्ट गरेको छु ।

रुन्ची ः थाहा छ हाम्रो लागी भनी परदेश गएको भन्ने कुरा । यो सानो घर साहुकोमा बन्धकी भएको भन्ने कुरा । के गर्नु स्वामी कर्म लेख्ने भाविले यस्तै लेखेपछि । पत्तो छैन सुख आउने त कुन समयको भन्ने कुरा ।

काजी ः वैरी आँखा लाग्न सक्छन ईज्जतको नि ख्याल गर्नु । सम्मालेर कोमल त्यो मन ईज्जतको नि ख्याल गर्नु । प्यारी केही बर्ष टाढा भयौं खिन्न हुनु स्वभाविक हो । बाकि सुन्दर होला जीवन ईज्जतको नि ख्याल गर्नु ।

रुन्ची ः हजुरको प्यारी त्यति कम्जोर छैन चिन्ता नगर्नु । बैंसले मात्तिएर मन डुलाउने म हैन चिन्ता नगर्नु । एक हैन दशैं बर्ष बाहिर बसेपनि यति भन्दछ म । हजुर बाहेक कसैको समिप भैन चिन्ता नगर्नु ।

काजी ः अर्मपर्म गरि तिम्ले घरवार चलाऊ प्यारी । अब चाडै फर्किन्छु म हरेश नखाऊ प्यारी । सगैंबस्ने दुखसुख गाउँमै गर्ने हामी अब । यस्तै हुन्छन गरिवका दिन चित्त बुझाऊ प्यारी ।

रुन्ची ः अर्मपर्म गरि मेलै जीविका चलाउने छु प्यारा । हजुरको नाममा मैले सिन्दुर लगाउने छु प्यारा । आफ्नो ख्याल गर्नु–मेरो कत्ति पिरा गर्नु पर्दैन । म त हजुरको मायाले चित्त बुझाउने छु प्यारा ।