दैलेख, धन्नै एक महिनादेखी दैलेखमा रहेको पेट्रोलियम पदार्थको अन्वेषणमा जुटेको चिनियाँ र नेपाली भुगर्वविद्को टोलीले अन्वेषण सकारात्मक भएको जनाएका छन् । टोलीले गरेको अन्वेषणमा सकारात्मक रिर्पोट देखीएको जनाईएको हो ।
स्थलगत रुपमा २ वर्ष र विश्लेषण र रिर्पोट तयार गर्ने समय १ वर्ष गरि ३ वर्षभित्र अन्वेषण कार्य सकि रिर्पोट टोलीले नेपाल सरकारलाई दिने कार्ययोजना रहेको छ । टोलीले पहिलो चरणको अन्वेषण १ महिनाको सकिएको जनाएको छ । पहिलो चरणको अन्वेषणमा उनीहरुले पेट्रोलियम पदार्थको भण्डारण हुनसक्ने सकारात्मक लक्षण देखीएको बताएका हुन् । पहिलो चरणमा भुगर्वविद्हरुले भौगलिक स्थलगत अध्यायन, हिड्ने बाटो र सडकको अध्यायन, क्याम कहाँ राख्ने लगायतका कुराहरु अध्यायन गरेको भूगर्व विभागका पेट्रोलियम परियोजना प्रमुख सुधीर रजौरेले बताए । ‘पहिलो चरणको अध्यायनले सकारात्मक देखाएको छ ।’ पेट्रोलियम परियोजना प्रमुख सुधीर रजौरेले भने, अव अर्को चरणको अन्वेषण गर्न ६ महिना लाग्नेछ ।’
पहिलो चरणमा सर्वेक्षण तयारीको लागि स्थलगत अध्यायन भ्रमण गरेर नेपालका धेरै स्थानहरुमा टोली पुगेको रजौरेको भनाई छ । अवको दशैंपछि मात्र अन्वेषणको काम सुरु हुने भुगर्व विभागले जनाएको छ । दशैंपछि सुरु हुने अन्वेषण कम्तिमा ६ महिनाको हुनेछ । त्यसक्रममा जमिनमुनी कहाँ डिल (कुवा गर्ने खनेर हेर्ने) गर्ने भन्ने पत्ता लगाई कम्तिमा ४ किलोमिटर जमिनमुनी खनेर कम्पन दिईने जनाईएको छ । डिल गरिसकेपछि कति भण्डारण छ भनेर पत्ता लाग्नेछ । अहिले कहाँ जमिनमुनी डिल गर्ने भन्ने पत्ता नलागीसकेको भुगर्व विभागले जनाएको छ । ‘कहाँ जमिनमुनी डिल गर्ने गर्ने पत्ता लागेको छैन् ।’ भुगर्व विभागका पेट्रोलियम परियोजना प्रमुख रजौरेलेले नागरिकसंग भने, अव दशैंपछि ६ महिनासम्म हुने अन्वेषणपछि मात्र कहाँ डिल गर्ने र कति भण्डारण छ भनेर पत्ता लाग्नेछ । पेट्रोलियम पदार्थ छ भनेर त दैलेखमै बलिरहेको ज्वाला नै प्रमाण हो ।’ अन्वेषणबारे अनावश्यक हल्लाले पनि काम गर्न कठिनाई भईरहेको भुवर्ग विभागका एक कर्मचारीले बताए । दैलेखको पंचकोशी क्षेत्रमा तिन साताअघिबाट पेट्रोलियम पदार्थको अन्वेषण कार्यको सुरु भएको हो । पेट्रोलियम पदार्थ रहेका ठाउँहरुमा नेपालले गरेको अन्वेषणका क्रममा देशभर १० वटा ब्लक यसअघि नै नेपाल सरकारले गराईसकेको छ । सम्भावित अध्यायन गरेर ५ हजार स्वाईएर किलोमिटरको फरकमा १० वटा ब्लक बनाईएको हो । जो सम्भावित चुरेपहाडदेखी तराईसम्म र पश्चिमदेखी पुर्वसम्म रहेको छ । दैलेखमा मात्र तेल तथा ग्यास रहेको प्रमाणित भएकाले अन्वेषण यहाँबाट सुरु भएको भूगर्व विभागले जनाएको छ । चिनको चाईना जिओलोजिकल सर्भेको टोली र नेपालका भुर्गवविद्को संयुक्त टोलीले अन्वेषण कार्यमा जुटको हुन् ।