☰ open Loading... 16 November 2024|  

सुर्खेत उपत्यकाको तल्लो तटिय क्षेत्र डुवान
  | ८ श्रावण २०७६, बुधबार ०९:५७

सुर्खेत । गएरातीदेखीको वर्षाले वीरेन्द्रनगर नगरपालिकाको तल्लो तटिय क्षेत्र डुवानमा परेको छ । वर्षाका कारण उपत्यकाका उत्तरी क्षेत्रबाट बग्ने साना खोलाहरुमा बाढी आएपछि सुर्खेत उपत्यकाको तल्लो तटिय क्षेत्र वीरेन्द्रनगर नगरपालिकाको वडा नम्बर ९ र १० काे केही भाग डुवानमा परेको हो ।

दर्जन बढी घर र केही कुखुरा फर्महरु डुवानमा परेका छन् । डुवानका कारण लाटीकोइली र अलायचौर तथा घुस्रा र पर्सेनी जोड्ने सडक अवरुद्ध भएको छ । डुबानले मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी प्रदिप क्षेत्रीले जानकारी दिनुभयो । उहाँकाअनुसार खेतियोग्य जमिन डुवानमा परेको छ ।

बाढीले क्षती पु¥याउन सक्ने भन्दै बाढी प्रभावित क्षेत्रका नागरिकलाई सजकता अपनाउन आग्रह गरिएको डिएसपी क्षेत्रीले जानकारी दिनुभयो । डुवान क्षेत्रमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले बिहीबारसम्म भारी वर्षा हुने चेतावनी दिएको छ । स्थानीय प्रशासनले बबई नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सर्तकता अपनाउन आव्हान गरेको छ ।

वर्षा :   पछिल्लाे १२ घण्टामा वीरेन्द्ननगरमा १४६ मिलिमिटर वर्षा मापन गरिएकाे छ । सुर्खेतकाे तापक्रम २२‍.१ देखि ३३.२ डिग्री रहने माैसम विभागले जनाएकाे छ ।