☰ open Loading... 15 November 2024|  

बाढीले खानेपानी इन्टेक बगाउँदा स्थानीयलाई हाहाकार
  | ८ श्रावण २०७६, बुधबार २१:०७

सुशील खड्का
सुर्खेत । गुर्भाकोट नगरपालिका–४ आँपखोलीमा आएको बाढीले खानेपानी इन्टेक बगाउँदा स्थानीयलाई खानेपानी हाहाकार भएको छ । आँपखोलाको बाढीले चेप्टेढुंगा मुहानमा निर्माण गरिएको इन्टेक र पाइपमा क्षती पु¥याउँदा स्थानीयलाई खानेपानी हाहाकार भएको हो ।

तस्वीर साैजन्य : जयबहादुर थापा ।

वर्षौदेखी खानेपानी समस्या झेल्दै आएका स्थानीयका लागि नगरपालिकाले गत आर्थिक वर्षमा १३ लाख ५० हजार लागतमा आँपखोली चेप्टेढुंगा खानेपानी आयोजना निर्माण गरेको थियो । तर एक महिना वित्न नपाउँदै बाढीले खानेपानी इन्टेक नै बगाएपछि स्थानीय खानेपानीका लागि घण्टौं हिड्न बाध्य छन् ।

खानेपानीमा क्षती पुगेपछि स्थानीयहरु एक घण्टा लगाएर चेप्टेढुंगा र गोचेखोला पुगेर पानी लिन जाने गरेका छन् । वडामा आपतकालिन कोष नहुँदा तत्काल खानेपानी सुचारु गर्न समस्या भएको गुर्भाकोट नगरपालिका ४ नम्बर वडा कार्यालयका वडाध्यक्ष प्रशन्नकुमार शाहले जानकारी दिनुभयो ।

गत वर्षमात्रै खानेपानी र सिंचाई आयोजना सम्पन्न गरेको बताउँदै वडाध्यक्ष शाहले बाढीले सिंचाई कुलोमा पनि क्षती पु¥याएको उल्लेख गर्नुभयो । खानेपानी र सिँचाईमा झण्डै २५ लाख बढी क्षती पुगेको उहाँको भनाई छ ।

‘नागरिकलाई तत्काल स्वच्छ खानेपानीको व्यवस्था गर्न नगरपालिका र सांसदसंग समन्वय गरिरहेको छु’ शाहले भन्नुभयो, ‘बिहीबार प्रदेश सरकारसंग क्षती बारे जानकार गराउँन जाँदैछु ।’