☰ open Loading... 15 November 2024|  

बजेट विनियोजन नहुँदा नामलाङ जलविद्युत् अन्योलमै
  | १५ श्रावण २०७६, बुधबार १२:३८

मुगु, डिपिआरका लागि बजेट विनियोजन नहुँदा मुगुको मुगुमकार्मारोङ गाउँपालिकास्थित नामलाङखोला जलविद्युत् आयोजना अन्योलमा परेको छ । यसको डिपिआर निर्माणको काम अघि बढ्न सकेको छैन ।  मन्त्रिपरिषद्को बैठकले दुई सय ६० मेघावाटको नामलाङखोला जलविद्युत् आयोजनाको काम अगाडि बढाउने निर्णय गरेको थियो । यसलाई प्राथमिकतामा राखेर डिपिआर निर्माणको काम थाल्ने जनाइएको थियो । तर, डिपिआरका लागि बजेट विनियोजन नहुँदा यो आयोजना अन्योलनमै रहेको छ ।

मुगुमकार्मारोङ–१ डोल्फू गाउ“देखि १० किलोमिटर उत्तरमा रहेको नामलाङखोलाबाट दुई सय ६० मेघावाट विद्युत् उत्पादनका लागि सरकारले छनोट गरेको थियो । नीति तथा कार्यक्रममा परे पनि यसका लागि बजेट विनियोजन नहुँदा अलमलमै रहेको मुगुमकार्मारोङ गाउँपालिका–१ का वडाध्यक्ष सोनाम आङ्ची लामाले बताए ।  ‘सरकारले प्राथमिकतामा रहेको सुन्दा खुसी भएका थियौँ तर, बजेट विनियोजन नगर्दा कागजमै सीमित भएको छ,’ उनले भने ।

लगानी सम्मेलनमा पनि नामलाङखोला जलविद्युत् आयोजनालाई प्राथमिकतामा राखिएको थियो । यसमा विदेशी लगानी आएको छैन । संघीय र प्रदेश सरकारले यस वर्ष बजेट विनियोजन गरेको छैन । ठूलो आयोजना भएकाले स्थानीय सरकारले केही गर्न नसक्ने गाउ“पालिका सूचना अधिकारी तीर्थराज शाहीको भनाइ छ ।

मुगुमकार्मारोङ गाउँपालिका जलस्रोतको भण्डार हो । यहाँ थुपै्र नदी तथा खोलाबाट विद्युत् उत्पादन गर्न सकिन्छ । तर, सरकारले वास्ता नगर्दा अध्यारोमै बस्नुपरिरहेको स्थानीय बासिन्दाको गुनासो छ । जनप्रतिनिधि पनि सरकारले बजेट विनियोजन नगरेर बेवास्ता गरेको आरोप लगाउँछन् । ‘प्राथमिकतामा राखिसकेपछि डिपिआरका लागि भए पनि बजेट विनियोजन गर्नुपथ्र्योँ,’ जिल्ला समन्वय समितिका संयोजक पूर्णबहादुर रोकायाले भने ।

यो आयोजनाबारे दश वर्षअघि नै भारतीय कम्पनी लान्को इनर्जीले अध्ययन गरेको थियो । लान्कोले तीन सय तीन मेघावाट विद्युत् उत्पादन गर्न सकिने निष्कर्ष निकालेको थियो । योबाहेक पनि यहाँ ६० वटा नदी र खोलाबाट बिजुली निकाल्न सकिने अध्ययनले देखाएको थियो ।

१५ किलोवाट मात्रै उत्पादन
अहिले मुगुमको च्याछहरामा १५ किलोवाट क्षमताको जलविद्युत् आयोजना सञ्चालनमा छ ।  यस आयोजनमार्फत एक  सय ५० परिवार लाभान्वित भएका छन् ।त्यस्तै, महगाउ“को च्याम्नेगाडमा ३५ किलोवाट क्षमताको आयोजना निर्माण सम्पन्न भएको छ । तर, विद्युत् लाइन विस्तार नहुँदा गाउँमा बत्ती पुगेको छैन । अहिले विद्युत्गृहमा मात्रै बिजुली बल्ने गरेको स्थानीय बासिन्दाले बताए । विद्युत् लाइन विस्तार नहुँदा एक हजार दुई सय परिवारले बिजुली बाल्न पाएका छैनन् ।