☰ open Loading... 16 November 2024|  

छुप्री उद्योगले गाउँनै बदलियो
  | १७ श्रावण २०७६, शुक्रबार ११:४५

दैलेख, पश्चिम नेपालमै पहिलो पटक दैलेखमा २ वर्षदेखी छुप्री उद्योग संचालन छ । भैरवी गाउँपालिका ७ कुसापानीमा स्थानीय यूवा मोहन पौड्यालले गाउँमै छुप्री बनाउन सकिने निचोड लिकाले । पुर्वतिर छुप्री देखेर आएपछि पौड्यालले आफ्नो गाउँघरमा भैसीको दुधबाटै छुप्री बनाउने सोच बनाए । दहीबाट महि बनाएर ध्यू किसानहरुले गराउर्थे । आम्दानी पनि ध्यू हुन्थ्यो । तर, यूवा मोहन पौड्यालले सवै किसान कहाँ पुगेर दुधको हिसाव निकाले । गाउँभरिका ५० घरधुरीले पालेको भैसी दुध संकलनमा लागे ।

गाउँमा भैसी धेरै पाल्ने तर, दुधको खपत नहुँदा आम्दानी पनि थिएन् । दुध विक्रि हुने भएपछि किसानहरु खुसी भए । सामान्य मेशिन प्रयोग गरेर गाउँकै नजिक सामान्य घरहरु बनाएर छुप्री उद्योग थाले । सुरुमा बजार पाईदैन् की भन्ने चिन्ता थियो उनलाई तर,आफै स्थानीय बजारमा छुप्रीको बजारिकरणका लागि पुगे । वर्षदिन उनलाई छुप्री विकाउनै गाह्रो भयो ।

तर, वर्षदिन नाघेपछि अहिले उद्योगबाट छुप्री बजारमा भ्याईनभ्याई छ । किसानहरुले पनि दुधको मुल्य राम्रो पाएपछि भैसी थपेका छन् । अहिले उन्नत जातका गाई समेत पालेर छुप्री उद्योगमा दुध पुगेको छ । आफ्नो गाउँमा महि पार्ने ध्यू बनाउने आम्दानी कम देखेको मोहनले दुध किनेर किसानको आम्दानी पनि बढ्ने छुप्रीबाट चिनाउने ईच्छा अहिले पुरा भएको छ । ‘गाईको दुधबाट मात्रै छुप्री बन्छ भन्ने थियो ।’ मोहनले भने, भैसीको दुधबाट पनि छुप्री राम्रो हुने सल्लाह आएपछि काम गर्न हौसला आएको हो ।’

सुरुमा छुप्री उद्योगका लागि मेशिन किन्न १ लाखको कार्यक्रम पशुपन्छी बजार निर्देशनालयबाट सहयो भयो त्यसमा १ लाख रुपैँया आफै थपेर डेरी ब्यवसाय सञ्चालन गर्ने भनेर लागेको पौड्यालले बताए । सामान्य मेशिनबाट छुप्री उत्पादनमा लागेका उनी अहिले सवैलाई रोजगार समेत दिएका छन् । ईलामका साथीसंग खडानन्द भटराईले छुपी बनाउनका लागि सिकाउन नारायण दाहाल भैरवी गाउँपालिकाको गाउँमै पुगेर सिकाएका उनी बताउँछन् । श्रीमती र सालालाई सिक्नलाई ईलामा पठाए ।

त्यसपछि फेरी गाउँमै पनि सिके । ईलामबाट प्राविधिक आएर २ महिना सिकाए । दुई महिनाको ५० हजार पारिश्रमीक मोहनले दिए । छुप्री बनाउने घरदेखी स्थानीयलाई तालिम समेत दिए । सुरुमा ३ महिला छुपीले बजार नपाउँदा १० क्यून्टल थुप्रेको थियो । त्यसपछि स्थानीय बजारमा ल्याउने सोचले दैलेख बजारदेखी सुर्खेत बजारिकरण भयो । विस्तारै छुप्रीले राम्रो बजार लियो । अहिलेसम्म पनि बजार राम्रो लिएको जनाईएको छ । किसानहरुका सहजताका लागि गाउँमै स्थापना दुध संकलन केन्द्र बनाईयो ।

किसानहरु कहाँबाट १० लिटरदेखी दुध ल्याउन सुरु भयो । अहिले २ सय १६ लिटरसम्म दुध आउँछ । कम उत्पादन हुने बेला १ सय ८० लिटर आउने गरेको छ । ‘भैसीको दुधबाट छुप्री उत्पादन सुरु भयो ।’ यूवा ब्यवसायी पौड्याल भन्छन ः अहिले जर्सी गाईको समेत दुधबाट उत्पादन हुन्छ । उद्योगले दुध लिन थालेपछि गाईदेखी भैसी समेत ब्यवसायीक रुपमा पाल्न थालिएको छ ।’

किसानहरुले समुहबाट प्रपोजल हालेर अहिले ३३ वटा गाई गाउँमा लगेका छन् । कर्णाली प्रदेश सरकारबाट ६० प्रतिशत तथा किसानले ४० प्रतिशत खर्चमा उन्नत जातका गाई पालन गरि दुधबाट आम्दानी किसानहरुले प्रत्यक्ष रुपमा लिरहेका छन् । भैसीको दुध विक्रि गर्ने बजार थिएन् । स्थानीय किसान दिपप्रसाद पौड्यालले भने, छुप्री उद्योग संञ्चालनपछि आम्दानी बढेको छ । अहिले ५० किसानलाई दुध बोक्नका लागि किल्टी, बाल्टी र दुध संकलन गर्ने ६ वटा क्यान सहयोग ग्रामिण जलश्रोत ब्यवस्थापन परियोजनाले सहयोग गरेको उद्योग संञ्चालक मोहन पौड्यालले बताए ।

महिनामा दुई क्यून्टल ध्यु, ढाई सय क्यून्टलसम्म छुप्री उत्पादन हुने गरेको छ । प्रत्यक्ष रुपमा तिन जनालाई रोजगारी भएको छ भने अप्रत्यक्ष रुपमा धेरै परिवारलाई आम्दानी तथा रोजगारी मिलेको छ । छुप्री बोक्नको लागि घोडा समेत चलाईएको छ । हरिचक्र कृषि नर्सरी तथा अलैंची उत्पादन फर्मबाट सञ्चालन भएको छुप्री उद्योगबाट पश्चिम नेपालमै बजारिकरण भएको छ । पहिलो वर्षमा २१ लाख किसानहरुले दुधबाट पैसा लगेको थिए यो वर्ष ३१ लाख रुपैँया किसानहरुले पाउने छन् । ध्यूबाट छुट्टै आम्दानी हुनेछ । नर्सरीबाट पनि गत वर्ष १० लाख रुपैँयाको १५ लाख विरुवा बेचेका थिए ।