☰ open Loading... 29 September 2025|  

गाउँपालिका अध्यक्षले दिए विपन्न र द्वन्द्वपीडितलाई आफ्नो पारिश्रमिक
  | १७ श्रावण २०७६, शुक्रबार १२:०६

दैलेख, भगवती माई गाउँपालिका अध्यक्ष दानबहादुर थापाले आफ्नो तलबको रकम विपन्न र द्वन्द्वपीडितलाई वितरण गरेका छन् । निर्वाचनका वेला गरेको वाचाअनुसार, आफूले पाएको तलब विपन्न तथा द्वन्द्वपीडितलाई प्रदान गरेको उनले बताए । पहिलो चरणमा एक लाख ८० हजार रुपैयाँ वितरण गरिएको छ । अब कोष स्थापना गरेर पाँच वर्षको तलब गरिब र जेहेन्दारलाई सहयोग गर्ने उनको भनाइ छ ।

यसपटक उनले भगवती माई गाउँपालिका–६ कि द्वन्द्वपीडित बालकुमारी खड्कालाई ५० हजार सहयोग गरेका छन् । त्यस्तै, लक्ष्मी शाहीलाई ५० हजार, भगवती माई गाउँपालिका–३ का कालु खड्कालाई १० हजार, भगवती माई–७ का मंगल विकलाई १० हजार, मिर्गाैला उपचारका क्रममा मृत्यु भएका भगवती माई–१ का हस्तराज अधिकारीका छोराछोरीलाई २० हजार सहयोग गरिएको छ ।