☰ open Loading... 15 November 2024|  

विपन्न समुदायलाई निःशुल्क सोलार वितरण
  | २० श्रावण २०७६, सोमबार ११:१७

सल्यान : आर्थिक रुपमा विपन्न तथा दलित समुदायका परिवारलाई त्रिवेणी गाउँपालिकाले निःशुल्क सोलार वितरण गरेको छ। उज्यालो गाउँपालिका अभियान कार्यक्रम अन्तर्गत आर्थिक रुपमा विपन्न वर्गलाई ५० वाटको सोलार वितरण गरिएको हो।

गाउँमा विद्युत पुगे पनि आर्थिक अवस्था कमजोर भई मिटरबक्स किन्न र मासिक महसुल बुझाउन नसक्ने परिवारलाई सोलार वितरण गरिएको त्रिवेणी गाउँपालिका अध्यक्ष मान बहादुर डाँगीले बताए।  गाउँपालिका भित्रका प्रत्येक वडाबाट नौ नौ जना गरी ५४ घरपरिवारलाई सोलार वितरण गरिएको उनको भनाइ छ।

उनले भने  ‘उज्यालो गाउँपालिका अभियानलाई सफल बनाउन आगामी वर्ष पनि यस प्रकारका कार्यक्रमलाई निरन्तरता दिने छौ।’ छरछिमेकीले विद्युतबाट बत्ति बालेको देख्दा दुखी भएपनि आज सोलार पाउदा निकै खुशी लागेको वडा न ६ की विमला नेपालीले बताइन्। उनले ‘भनिन आर्थिक अवस्था कमजोर हुँदा गाउँमा विद्युत आएपनि मिटरबक्स किन्ने पैसा मासिक शुल्क तिर्ने अवस्था नहुँदा अध्यारोमै जीवन काट्न बाध्य थियौं तर आजबाट अध्याराले हामीलाई छोडेको छ।’