☰ open Loading... 28 September 2025|  

अमेरिकाले दिएन सन्दीप लामिछानेलाई भिषा
  | २८ श्रावण २०७६, मंगलवार ११:०९

काठमाडौं : अमेरिकी दुतावासले क्रिकेटर सन्दीप लामिछानेलाई भिषा दिन अस्विकार गरेको छ। २१ अगष्टबाट शुरु हुन लागेको क्यारेबियन प्रिमियर लिग २०१९ मा सहभागिता जनाउने तयारीमा रहेका लामिछाने भिषाका लागि मंगलबार बिहान महाराजगञ्जस्थित अमेरिकी दुतावास पुगेका थिए। “राष्ट्रिय क्रिकेटरको रुपमा सन् २०१६ देखि देशविदेशका विभिन्न लिगमा भाग लिइसकेको क्रिकेटरको भिषा अस्विकार गरिनुले मलाई आश्चर्य लागेको छ,” सन्दीपले ट्वीट गर्दै भनेका छन्। “मैले आवश्यक सम्पूर्ण कागजात बुझाएको थिएँ, तर पनि भिषा अस्विकार गरिँदा म निःशब्द भएको छु,” उनले भने, “एउटा खेलाडीका लागि लागि यो कठिन अवस्था हो।”