| २८ श्रावण २०७६, मंगलवार २०:५४
काठमाडौं, एक समय यस्तो थियो जुन बेला दैनिक कुनै न कुनै मानिस मारिएको वा कुनै बैंकबाट नगद वा सुनचाँदी लुटिएको खबर आउथ्यो ।
कुरा तत्कालीन नेकपा (माओवादी)ले सञ्चालन गरेको जनयुद्धको हो । नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ ।
त्यतिबेला त्यसरी लुटिएको सुनचाँदी र नगद अराबौं रुपियाको हाराहारीमा भएको अनुमान गरिएको छ ।
तर त्यो रकम अहिले माओवादीमा कसले राखेको छ त ? यो कुराको सपाट जवाफ भने कतैबाट पाउन सकिँदैन ।
तर, त्यतिबेलाको युद्धमा संलग्नमध्ये कतिपय नै अहिले यही विषयलाई लिएर असन्तुष्ट रहेका छन् । उनीहरू अर्को पक्षलाई महलपति र आफूलाई सडकपति भन्न रुचाउँछन् ।