प्रायः साँझ पख मात्रै घर जाने साइत पर्छ । दिनभर समाचार संकलनकै क्रममा कता कता डुलिरहने पेशा न परो । सधैँ झै आइतबार आज पनि अलि ढिला भयो घर पुग्न । अस्पताल चौकमा आजपनि ट्राफिक चेकिङ्ग थियो । सिट्टी फुक्दै ट्राफिक हवल्दारले रोक्ने इशारा गरे । एकसय मिटर दुरीमा रहेको म मोटरसाईकलको गति कम गर्दै उनै नजिक पुगेर रोके ।
कागजात छ ?
म चुपचाप लागेर छ भनेर ब्लुबुक देखाए ।
तपाईको मोटरसाईकल नम्बर याद छ !
कस्तो ट्राफिकको फेला परिएछ बरै मनमनै भन्दै लौ आफूले चढ्ने बाइकको नम्बर याद हुँदैन् त भे ३ प ८५४४ हो भने ।
झरेर अलि पर गएर हेर्नुहोस् त ?
म मौन भए उनको हातमा थमाएको ब्लुबुक हेर्लान र लाइसेन्स देखाउँला भनेर तयारी अवस्थामै राखे ।
मुलपानी चौक पुग्दा मभन्दा अघि लागेको दुई स्कुटीलाई मैले उछिनेका स्कुटी पनि उनै नजिक आएर रोकिए । तर कुनै चेकजाँचविनै सहजै उनले छाडिदिए । स्कुटीमा जाने ति दिदीले धन्यवाद है सर भनेर गन्तव्य हानिइन् ।
म केही बोलिन् ।
सर ः नम्बर हेर्नुभएन् है ।
म ः बोल्दै बोलेन् ।
मेरो बोली नफुटेपछि, आफ्ना सहकर्मी जनपदलाई भने ए ब्याजी केही देख्छौं ।
सर मैले त स्पष्ट नम्बर देखिन् है (ति प्रहरी जावनले भने)
सर ः तरिका भएन है ।
म ः फेरी पनि कुनै प्रतिक्रिया देखाइएन् ।
बाध्य भएका उनले भने फेरी चेकिङ्गमा पर्दा स्पष्ट मेरो आँखाले नम्बर देखेन भने राम्रो हुँदैन ।
अझैसम्म केही बोलिन बाध्य भएर अन्तत ब्लुबुक दिए, सारा कागजात तयारी अवस्थामा राखेको मैले ट्राफिक हवल्दारको दादागिरी ग्रहण गरिरहे ।
अन्ततः उनले मलाई मेरो ब्लुबुक फिर्ता गरे म गन्तव्य हानिए ।
०००
सुर्खेत उपत्यकामा हुने चेकिङ्गमा ट्राफिक प्रहरीको यो दादागिरी मैले कयौं साँझ झिलेरहेको छु । कहिले त मनमनै सोच्थे म मात्रै हुँकी म जस्ता कयौं सोझा नागरिकले यसरी नै कति भनाई सहन गरेका होलान । तर मैले यात्रामा कहिल्यै म फलानो हुँ भनेर परिचय दिइन् । किनकी एक सवारी चालकसंग हुनुपर्ने सम्पूर्ण कागजात मसंग पूरै हुन्छन् ।
केही महिना अघि जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी बसन्त रजौरले पत्रकार सम्मेलनको आयोजना गरेका थिए । मैले त्यो पत्रकार सम्मेलनमा भनेको थिए, ‘रेडियो नेपालमा नेपाली सेनाहुँदा मुलपानी र अस्पताल चौक सुरक्षित थिए । अचेल सेनाको पोष्ट हट्दा अलि असुरक्षा महशुस भएको छ । सवारी चाप बढेसंगै दुर्घटनाको जोखिम बढ्दो छ । लौन एसपी साप चेकजाँचमा अलि कडाई गर्दिनु पर्ला ।’
एसपी रजौरले त्यहीँ बोली टिपेर होला उनले केही दिनमै प्रायः नियमित जसो चेकजाँचको व्यवस्था मिलाए । अचेल दिनहुँ नभएपनि प्रायः साँझमा ट्राफिक र जनपद प्रहरीको उपस्थिति छ । यो सकरात्मक पक्ष हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवल्दार टिकाराम सिग्देल नै आइतबार साँझको चेकजाँचका लागि सिद्धार्थ रिसोर्ट अर्थात अस्पताल चौकमा उपस्थिति थिए । मोटरसाईकलमा सवार भए अनेकौं अल्झन देखाएर केरकार गर्ने सिग्देल स्कुटीलाई कागजातविनै छोड्दा अचम्मित भए ।
मजस्ता कयौं व्यक्ति बाईक चढ्दा आवश्यक कागजात बोग्दा केराकर गर्ने सिक्देल जस्ता ट्राफिकका कारण सास्ती बहन गर्न बाध्य छौं । ट्राफिक नियम सबैलाई समान हो भन्ने हेक्का नहुने सिक्देल जस्ता व्यक्तिका कारण कयौं साँझ नागरिकले यसरी नै कति अल्झन झेलिरने ट्राफिक प्रमुख ज्यू ?