☰ open Loading... 15 November 2024|  

दैलेखकै आधुनिक सभाहल
  | १० भाद्र २०७६, मंगलवार १२:३२

दैलेख, जिल्ला समन्वय समितिको ठूलो सभाहल जिल्लाकै आधुनिक बनाईएको छ । निर्वाचन क्षेत्र नम्वर १ निर्वाचन क्षेत्र विकास साझेदार कार्यक्रम मार्फत आधुनिक सभा हल निर्माण गरिएको हो । सभा हलको सोमवार एक कार्यक्रम गरि निर्वाचन क्षेत्र नम्वर १ का सांसद रविन्द्रराज शर्माले उद्घाटन गरेका हुन् ।

पुरानो हललाई मर्मत सम्भार गरि आधुनिक हल बनाईएको हो । जिल्ला समन्वय समितिसंगको समन्वयमा नारायण नगरपालिका मार्फत मर्मत सम्भार गरिएको उपभोक्ता समितिका अध्यक्ष हरिबहादुर थापाले बताए । हलमात्रै नभएर समन्वय समितिको कार्यालय तल्लो तलामा मार्वल, सिडी निर्माण, पर्खाल निर्माण र हल मर्मत गरिएको र फर्निचरका सामानहरु समेत हलमा नयाँ किनेर राखीएको अध्यक्ष थापाले बताए । समन्वय समितिको गेटबाट हलसम्म नयाँ शैलीमा संरचना अंपागमैत्री निर्माण गरिएको छ । हलमा पुरै मार्वल प्रयोग गरिएको छ । साउन पुरुप हल बनाईएको छ । हलमा विद्युतदेखी साउन सिस्टम निर्माण गरिएको छ ।

चिटिक्क हल बनाईपछि अहिले सदरमुकाम आएका स्थानीयहरु समन्वय समितिको हल हेर्नका लागि जाने गरेको समन्वय समितिका कर्मचारीहरु बताउँछन् । हलसंगै जोडीएको भिरालो भागमा पर्खाल निर्माण गरिएको छ । निर्वाचन क्षेत्र विकास साझेदार कार्यक्रमबाट ३१ लाख रुपैँया खर्च भएको गरिएको नारायण नगरपालिकाका नगर प्रमुख रत्नबहादुर खड्काले बताए । जिल्लाकै हेर्न लायक हल निर्माण भएको जिल्ला समन्वय समितिका निमित्त जिल्ला समन्वय अधिकारी पदम सापकोटाले बताए ।

समन्वय समितिको कार्यालय, पर्खाल, सिडी निर्माण, रंगरोगल, आधुनिक हल निर्माण, हलमा एसी जडित, लाईट, र फर्निचर निर्माणमा ३१ लाख रकम खर्च गरिएको हो । जिल्ला समन्वय समितिका प्रमुख प्रेम थापाले निर्वाचन क्षेत्र विकास साझेदार कार्यक्रमबाट जिल्लाकै एकमात्र ठुलो हल आधुनिक हल बनाउन खर्च गर्नु निकै राम्रो र देखीने काम भएको बताए ।

जिल्लाका आवश्यकता परिपुर्तीका लागि आफुले सक्दो कार्यक्रमहरु गर्ने सांसद रविन्द्रराज शर्माले बताए । हल मर्मत गरि आधुनिक बनाउने पहिलेदेखीको आफ्नो ईच्छा पुरा भएको सांसद शर्माले बताए ।