| ११ भाद्र २०७६, बुधबार २०:३८
विवाह गर्ने प्रलोभन देखाएर बलात्कार गरेको आरोपमा पश्चिमी रुकुमका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । रोल्पाकी १९ वर्षीया किशोरीले दिएको जाहेरीका आधारमा चौरजहारी नगरपालिका–५ खहरेका २५ वर्षीय तेज बुढालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । किशोरीको लिखित जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुमित खड्काले बताए ।
उनीहरूबीच फेसबुकबाट चिनजान भएको थियो । त्यसपछि साथी हुँदै सम्बन्ध नजिक बनेको जनाइएको छ । कोठामा गएका वेला बलात्कार गरेको किशोरीले जाहेरीमा उल्लेख छ । किशोरीको जाहेरीको आधारमा तेजलाई सोमबार बिहान मुसीकोट नगरपालिका–५ शेरीगाउँबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । थप अनुसन्धानका लागि अदालतबाट म्याद लिएर हिरासतमा राखिएको छ ।