☰ open Loading... 28 September 2025|  

रास्कोट नगरपालिकाकाे अब आफ्नै एम्बुलेन्स
  | १५ भाद्र २०७६, आईतवार १३:३९

कालिकोट : जिल्लाको रास्कोट नगरपालिकाले एम्बुलेन्स खरीद गरेको छ। नगरबासीको सेवा सुविधाका लागि एम्बुलेन्स खरीद गरिएको हो।  एम्बुलेन्स नहुँदा बिरामीलाई अस्पतालमा लैजान स्टेचर, डोको र पिठ्युमा बोकेर लैजानु पर्ने बाध्यता हटेको छ।

एम्बुलेन्स नहुँदा बिरामी बोकेर लैजानु पर्ने बाध्यता रहेको अबका दिन त्यो समस्या हल गर्नका लागि एम्बुलेन्स खरीद गरिएको नगरपालिका प्रमुख काशीचन्द्र बरालले बताए। ‘नगरबासीलाई सेबा सुविधालाई ध्यान दिएर एम्बुलेन्स किनिएको हो’ उनले भने,‘अब दिनमा सहज हुनेछ।’ रास्कोट नगरपालिकामा एम्बुलेन्स नहुँदा बिगतमा जिल्ला बिरामी पर्दा दुई लगाएर बोक्नु पर्ने बाध्यता रहेको अब दिन नगरपालिका भित्र एम्बुलेन्स हुँदा सहज हुने नगर प्रमुख काशीचन्द्र बरालले बताए।

‘विगतमा जिल्ला अस्पतालसम्म बिरामी बोक्न दुई दिन लाग्थ्यो’ उनले भने,‘अब सडक पुगेको छ। एम्बुलेन्सबाट बिरामी बोक्न सहज हुने छ। ’यसभन्दा अघि जिल्लाका तिलागुफा नगरपालिका र पचालझरना गाउँपालिकाले समेत एम्बुलेन्स खरीद गरिसकेका छन्।